धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय ३२ वर्षीय राजकुमार तामाङ उर्फ ‘माकुने’लाई नियन्त्रणमा लिएको हो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी टोली र अस्थायी प्रहरी बिट जोरसखुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सोमबार राति उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीका अनुसार शंकास्पद अवस्थामा रहेका तामाङलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट १.२० ग्राम ब्राउनसुगर फेला परेको थियो। बरामद लागूऔषधसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। प्रहरीले लागूऔषध कारोबार र प्रयोग नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई तीव्र बनाइएको जनाएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।