लोड हुँदैछ...

मेनु

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको हो ।

पार्टीको साङ्गठनिक कार्यक्रमका सिलसिलामा सुर्खेत पुगेका पौडेललाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । उनलाई अहिले सुर्खेतबाट काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।

पौडेलमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी गम्भीर उजुरी परेको र सोही विषयमा थप अनुसन्धान गर्न विभागले उनलाई नियन्त्रणमा लिएको बुझिएको छ । विभागले प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको हो ।

प्रहरी स्रोतका अनुसार, पौडेललाई काठमाडौँ ल्याएलगत्तै विभागमा बुझाइनेछ र अनुसन्धानको थप प्रक्रिया अघि बढ्नेछ । यस विषयमा नेकपा एमाले र सरकारी निकायबाट आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।