न्युरोमा सरकारले तोकेभन्दा कम मूल्यमा पिसिआर परीक्षण

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले सञ्चालनमा ल्याएको कोभिड अस्पतालले पिसिआर परीक्षणको शुल्क घटाएको छ । न्यूरोले सरकारले ताकेको भन्दा सस्तोमा कोरोना भाइरसको परीक्षण पिसिआर माध्यमबाट गर्ने भएको हो ।

सोमबारदेखि न्यूरोले अस्पतालमा आउनेहरूको १ हजार ७ सय ५० रुपैयाँमा परीक्षण थालेकोे हस्पिटलका अपरेडर डाइरेक्टर राजेश भट्टराईले जानकारी दिनुभयो । यसअघि न्यूरोले २ हजार रुपैयाँ परीक्षण शुल्क लिने गरेको थियो । न्यूरो हस्पिटलको सञ्चालन समितिको बैठकले पिसिआर परीक्षणको शुल्क घटाउने निर्णाय गरेको हो ।

विरामीलाई सहुलियत दरमा उपचार गर्ने उद्देश्यले पिसिआर परीक्षणको शुल्क घटाएको हस्पिटलले जनाएको छ । ‘सबै विरामीलाई स्वास्थ्यमा पहुच पु¥याउन हामीले पीसिआ परीक्षणको दर घटाएको हो,’ भट्टराईले भन्नुभयो । अहिले दैनिक न्यूरोको ल्याबमा १ सयदेखि १ सय ५० जनाको पिसिआर परीक्षण हुने गरेको छ । न्यूरोको कोभिड अस्पताल ५० शैय्याको सञ्चालनमा छ ।

सोमबार, १५ मंसिर, २०७७, साँझको ०७:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर