खेलकुदका विजेतालाई पुरस्कार

विराटनगर । सुनसरीको गढी गाउँपालिमा आयोजित क्रिकेट र फुटबल प्रतियोगिताको विजेता तथा उपविजेता टीमलाई पुरस्कार वितरण गरिएको छ ।

बुधबार एक औपचारिक समारोहका बिच प्रतियोगिताका विजेता तथा उपविजेतालाई मेडल, शिल्ड र प्रमाणपत्र सहित पुरस्कार वितरण गरिएको हो । डिजिटल आदर्श गढी निमार्ण अभियानले आयोजना गरेको क्रिकेट र फुटबल प्रतियोगिताको फाईनल गत कात्र्तिक २९ गते र मङसिर ८ गते सुनसरीको गढी गाउँपालिका वडा नं. २ स्थित गढी मैदानमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा क्रिकेटतर्फ भमरी वारियरले प्रथम र छप्की सुपर किंग्सले द्धितीय स्थान हाँसिल गरेका थिए । यस्तै फुटबलतर्फ मधेली ‘ए’ विजेता र औराबनी ‘सी’ ले उपविजेताको स्थान हाँसिल गर्न सफल भएका थिए । खेलका विजेता तथा उपविजेतालाई बुधबार गढी–३ स्थित छिटाहा बजारमा आयोजित एक कार्यक्रमकाबिच पुरस्कृत गरिएको हो । स्थानीय सहभागितामा स्थानीय विकासको उद्देश्यले खेलको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष विद्यानन्द यादवले बताउनुभयो ।

सोही अवसरमा युथ फर ब्लड नामक संस्थाको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना समेत गरिएको थियो । कार्यक्रमकाबिच ३६ जनाबाट ३६ पिण्ट रगत संकलन भएको आयोजक संस्थाका सल्लाहकार प्रभुलाल अरगरियाले जानकारी दिनुभयो ।

कार्यक्रममा भने गढी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद यादव, उपाध्यक्ष राजकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरी सहित प्रतिस्पर्धी टीमका खेलाडीहरु लगायतको उपस्थिति रहेको थियो ।

बिहिबार, ११ मंसिर, २०७७, बिहानको ०९:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर