आइटिएफ पाँचथरको अध्यक्षमा तुम्वापो

विराटनगर । नेपाल तेक्वाण्डो महासंघ (आइ.टि.एफ.) पाँचथरको अध्यक्षमा दिपेन्द्र तुम्वापो चयन भएका छन् ।

समितिको उपाध्यक्षमा मनोज खति, हर्कराज तुम्वापो, सचिबमा सुन्दर मोहाङ्ग र कोषाध्यक्षमा रमेश निरौला चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा धारणा नेम्वाङ्ग, नयन आङ्बोलगायत रहेका छन् ।

पाँचथरमा भएको भेलाले आइ.टि.एफ.को कार्यसमित सर्वसम्मत रुपमा चयन गरेको हो । कार्यक्रममा नेपाल इन्टरनेशनल तेक्वाण्डो महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. १ का अध्यक्ष प्रविण कुमार कार्की, जिल्ला खेलकुद विकास समिति पाँचथरका सचिब माृतकाप्रसाद दालहको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै आइटिएफका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष कार्कीले तेक्वाण्डो खेलको विकास र यस खेलप्रति आर्षकण बढाउन राज्यले लगानी गरिनुपर्नेमा जोड दिनुभयो । खेलकुद क्षेत्रले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने भएकोले यस क्षेत्रमा तीन तहको सरकारले विशेष प्राथामिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो ।

सोमबार, ०८ मंसिर, २०७७, साँझको ०६:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर