लोड हुँदैछ...

मेनु

क्युरा हेल्थमार्फत टेलिमेडिसिन सेवा सुरु

क्युरा हेल्थमार्फत टेलिमेडिसिन सेवा सुरु

विराटनगर। प्रदेश नं. १ र भारतीय सीमावर्ती क्षेत्रका जनतालाई विराटनगर रहेको अस्पतालमा सहज स्वास्थ्य सेवा उपलव्ध गराउन क्यूरा हेल्थ एप्लिकेशनमार्फत आजदेखि टेलिमेडिसिन सेवा शुरु गरिएको छ।

आधुनिक प्रविधिको प्रयोग गरि क्यूरा हेल्थको मोवाइल एप्लिकेसनमार्फत स्वास्थ्य सम्वन्धी सम्पूर्ण कार्यहरु गर्न सकिने हेल्थका सञ्चालक आयुस भगतले आज यहाँ पत्रकारहरुलाई जानकारी दिनुभयो । क्युरा हेल्थको प्रयोग गरि आफूले खोजेको अस्पताल, चिकित्सक, समय, शुल्क आदि तय गर्न सकिनेछ ।

उक्त एप्लिकेशनको टेलिमेडिसिन सुविधाले विरामीलाई घरमै बसी अडियो, भिडियोका माध्यमबाट अस्पताल वा चिकित्सकसँग परामर्श लिन सुविधा उपलव्ध गराइएको छ। कोरोना सङ्कमणका समयमा अस्पतालमा हुने भीड तथा सामाजिक दुरी कायम गर्न उक्त एप्लिकेशन प्रभावकारी हुने जनाईएको छ ।

उक्त सेवा अहिले विराटनगरस्थित विराट अस्पताल, लाईफगार्ड अस्पताल र श्री राम डेन्टल क्लिनिकसँग सहकार्य गरिएको तथा आगामी दिनमा सरकारी लगायत अन्य थप अस्पतालसँग आवद्ध हुने छ । विरामीले चिकित्सकसँग कुराकानी गर्न मिल्ने र फोटो पनि पठाउन सुविधा एप्लिकेशनमा रहेको छ।

सीमावर्ती भारतीय जिल्लाका नागरिकहरु विराटनगरमा रहेको सरकारी,निजी र शिक्षण अस्पतालमा उपचारका लागि आउनेको सङ्ख्या अध्याधिक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।