कोरोना महामारीबीच फुटबल प्रतियोगिता

इनरुवा । कोरोना संक्रमण महामारीको कारण जिल्ला प्रशासन कार्यालयले धेरै जमघट हुने कार्यक्रमहमा रोक लगाउँदै निषेधाज्ञा जारी गरेकै बेला सुनसरीको इनरुवामा फुटबल प्रतियोगिता सञ्चालन भएको छ ।

इनरुवा नगरपालिका ६ मधेशामा प्रशासन र स्थानीय सरकारको सहयोगमा १० टीमबीच खेल हुनेगरि प्रतियोगिता सञ्चालन भएको हो ।

स्थानीय आयोजक मधेशा युवा क्लबले सीतपुर, अकाशा, मधेशा, सखुवागाछी, बलाहा, झुम्का, इटहरी र सैनीमैनीको टीम राखेर विभिन्न पुरस्कार, नगद र ट्रफि राखी खेल सञ्चालन गरेको हो । क्लबका अध्यक्ष पृथ्वी चौधरीले प्रहरी प्रशासनकै सहयोगमा खेल सञ्चालन गरेको र प्रशासनले बढि भिडभाड नगरी चाँडो खेल सक्न आग्रह गरेको जानकारी दिनुभयो ।

सुनसरीका कोरोनाका कारण तीन दर्जनबढि संक्रमितको मृत्यु भइसकेको छ भने दैनिक संक्रमितको संख्या बढिरहेको छ । सीमावर्ती क्षेत्रमै प्रशासनको आँखैअघि भएको फुटबल प्रतियोगिताप्रति धेरैले आश्चर्य व्यक्त गरेका छन् । खेल सञ्चालन भएको थाहा पाएपनि नियन्त्रण गर्न प्रहरी प्रशासनले कुनै कदम चालेको छैन ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले प्रशासनले यस्ता खेलगतिविधि सञ्चालन गर्न कहिँकतैबाट अनुमति नदिएको र सुरक्षा पनि नदिएको स्पष्ट पार्नुभयोे । खेल सञ्चालन भइरहेको भए रोक्ने उहाँको भनाइ छ ।

मङ्गलबार, ०४ कार्तिक, २०७७, साँझको ०७:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर