लोड हुँदैछ...

मेनु

लघुकथाः सेलाएको सयपत्री

लघुकथाः सेलाएको सयपत्री

यसपालि भाइटिकाको लागि जसरी भएपनि आउँछु भनेर दिपकले भनेपछि घरमा खुशियाली छायो ।

आँगनमा ढकमक्क फूलेको सयपत्री टिपेर माला गाँस्ने, घरआँगनको सरसफाइ र तिहारका लागि आवश्यक सरसामान किन्ने काम बडो उत्साहले भयो ।

आज दिपकआउने भएकाले चार बजे नै घरका परिवार सबै जना एयरपोर्ट जान हिँडे । समयमै जहाज आयो । तर, दिपक आएन ।

फोन गर्दा स्वीच अफ आइरह्यो । कसैगरी दिपकको खबर थाहा भएन । साँझको समाचारमा दिपकको सुतेकै ठाउँमा मृत्यु भएको समाचार आयो । केही दिनपछि लास आयो । दिपकको अनुहार नचिनिने थियो । उसले कमाएको पैसा सामान केही आएन । त्योभन्दा बढी घरभरि शोक व्याप्त थियो ।

भाइटिका सकिएको दशौं दिनमा दिपक एक्कासी घर आइपुग्यो । उसले आफ्नो सामान र पैसा चोरी भएको सुनायो ।

त्यसो भए हामीले कसलाई सेलायौ ? थाहा हुन सकेन । हामीले सेलाएको सयपत्री फूल कसको घरको थियो । हामीले थाहा नपाईकनै सेलाएछौं ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।