फरेनद्वारा हातधुने स्टेशन हस्तान्तरण

विराटनगर । विश्व हात धुने दिवस २०७७ को सन्दर्भमा मानव अधिकार तथा वातावरण मञ्च(फरेन)को आयोनामा हातले नछोई हातधुने स्टेशनहरू हस्तान्तरण गरिएको छ ।

विराटनगर –१६ स्थित रानी भन्सार नाकामा युनिसेफको सहयोगमा फरेनले निर्माण गरी सञ्चालनमा ल्याएको तीन जनाले एकसाथ हातधुने स्टेशन बिहीबार विराटनगर महानगरपालिका वड नम्बर–१६ का वडाध्यक्ष मनोज सुब्बालाई हस्तान्तरण गरिएको हो ।

तीन महिनासम्म फरेनले सञ्चालन गरी स्थानीय सरकारलाई हस्तान्तरण गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल पोखरेलले हातधुने कार्य स्वास्थ्यका लागि अति उपयोगी रहेको बताउँदै कोभिड–१९को महामारीको सन्दर्भमा कोरोना संक्रणबाट बच्ने प्रभावकारी विधि रहेको बताउनुभयो ।

कार्यक्रममा मानव अधिकार तथा वातावरण मञ्च(फरेन)का अध्यक्ष यज्ञपसाद शर्माले कोभिड १९ कोप्रकोप विश्वमा बढिरहेको बेला सरकारलाई कोविड विरुद्ध लड्न सकेको सहयोग गर्ने उद्देश्यले युनिसेफको सहयोग तथा प्रदेश सरकारसँगको समन्वयमा सुनसरी र मोरङका २१ वटा स्थानमा हातधुने स्टेशन राखिएको जानकारी दिनुभयो । विराटनगर–१६ का वडाध्यक्ष मनोज सुब्बाले नयाँ प्रविधिको प्रयोग गरी बनाइएको सुरक्षित हातधुने स्टेशन सीमा नाकामा प्रभावकारी देखिएको बताउँदै आगामी दिनमा यसको व्यवस्थान र सञ्चालन वडा समितिले गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बिहीबार नै विराटनगर बसपार्कमा अवस्थित हातधुने स्टेशनमा सामूहिक हात धुने कार्यक्रम गरिएको थियो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बसपार्क व्यवस्थापन समितिका अध्यक्ष पदम श्रेष्ठ, फरेनका सचिव खिला निरौला, फरेनका टीम लिडर नवराज निरौला, विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, युवा उद्यमी गिरेन्द्र काकी, बसपार्क टोल विकास संस्थाका सचिव उत्तम चौलागाई समेतको उपस्थिति रहेको थियो ।

सो अवसरमा बसपार्कका मजदुर कर्मचारीका लागि हातधुने साुन वितरण गरिएको थियो । फरेनले सुनसरी र मोरङका तीनवटा अस्पताल, एक स्वास्थ्य चौकी, १३ वटा क्वारेन्टीन तथा आइसोलेशन र चारवटा सार्वजनिक स्थानहरूमा सुरक्षित हात धुने स्टेशनहरु जडान गरेको जनाइएको छ ।

संस्थाले इनरुवा जिल्ला अस्पताल, रंगेली जिल्ला अस्पताल, मंगलबारे ट्राउमा सेन्टर र बयर बन स्वास्थ्य चौकी, रानी बोर्डर, विराटनगर बसपार्क, मालपोत कार्यालय तथा जिल्ला अदालत परिसर विराटनगर र इनरुवाको गुद्रीमा स्टेशन राखेको जनाएको छ । यस्तै इनरुवा, दुहवी, बुढीगंगा, धनपालथान, रंगेली, सुनवर्षी, रतुवामाई, उर्लाबारी, कानेपोखरी र बेलबारीको क्वारेन्टाइनमा पनि स्टेशन राखेको जनाएको छ ।

बिहिबार, २९ असोज, २०७७, साँझको ०७:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर