संक्रमण रोक्ने ‘फ्लोरा माक्स’ बजारमा

विराटनगर । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न विराटनगरका युवा व्यवसायी दिनेश ठाकुरले ‘फ्लोरा माक्स बजारमा ल्याएका छन् ।

धुवा, धुलो र संक्रमण रोक्न ‘मेल्ट ब्लाउन भएको माक्स’ को आवश्यक पर्ने भएकोले सोही बस्तुहरू प्रयोग गरिएको फ्लोरा माक्स बजारमा ल्याएको युवा व्यवसायी ठाकुरले जानकारी दिनुभयो ।

‘अहिले बजारमा धेरै प्रकारका माक्सहरू आएका छन् । सबै माक्समा तीन लेयर भएपनि मेल्ट ब्लाउन प्रयोग गरिएको हुदैन । जसले गर्दा साधरण माक्सले धुवा, धुलो त रोक्छ, तर संक्रमण रोक्छ भन्ने छैन,’ ठाकुरले भन्नुभयो, ‘तीन लेयरमध्येबीचको भागमा मेल्ट ब्लाउन प्रयोग गरिएकोले फ्लोरा माक्सले ९९ प्रतिशतसम्म किटाणु फिल्टर गर्दछ ।’

फ्लोरा माक्स उच्च गुणस्तरीय रहेको दावी ठाकुरको छ । माक्सको बजार मूल्य प्रतिगोटा ५ रुपैयाँ मात्र छ । औषधी व्यवसायीसमेत रहेका ठाकुरले चाइनाबाट आयात गरेको अत्याधुनिक स्वचालित उपकरणबाट फ्लोरा माक्स उत्पादन गर्दछन् ।

दैनिक २५ देखि ३० हजार माक्स उत्पादन भइरहेको ठाकुरले जानकारी दिनुभयो । करिब १ करोड रुपैयाँ लागतमा माक्स उद्योग सञ्चालनमा ल्याएको ठाकुरले एक दर्जनलाई रोजगारी पनि दिएको बताउनुभयो ।

आइतबार, ११ असोज, २०७७, साँझको ०५:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर