विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु क्षेत्र विस्तार गरेको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले मंगलबार जारी गरेको आदेशअनुसार मंगलबार अपराह्न ३.३० बजेदेखि अर्को सूचना जारी नभएसम्म इटहरी–इनरुवा सडकखण्डअन्तर्गत महेन्द्र राजमार्गको पकलीदेखि कोशी ब्यारेजसम्म कर्फ्यु लागू गरिएको छ।
पनि सुनसरी प्रशासनले देवानगञ्ज र आसपासका संवेदनशील क्षेत्रमा कर्फ्यु जारी गरेको थियो। पूर्वपश्चिम राजमार्गको कर्फ्यु भने विहानबाट हटाइएको थियो । तर, कोशी कटान क्षेत्रमा आगजनी र लुटपाट भएपछि पुनः कर्फ्युको दायरा विस्तार गरिएको हो।
कर्फ्यु क्षेत्रको सीमा पूर्वतर्फ पकली चोक, पश्चिमतर्फ कोशी ब्यारेजको पुल तथा उत्तर–दक्षिणतर्फ राजमार्गदेखि २०० मिटर क्षेत्र कायम गरिएको छ । आदेशअनुसार कर्फ्यु अवधिभर उक्त क्षेत्रमा कसैले पनि आवतजावत गर्न, मेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा धर्नाजस्ता गतिविधि सञ्चालन गर्न नपाइने जनाइएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।