लोड हुँदैछ...

मेनु

नेप्से लगातार दोस्रो दिन घट्यो, कारोबार रकम पनि खुम्चियो

नेप्से लगातार दोस्रो दिन घट्यो, कारोबार रकम पनि खुम्चियो

विराटनगर साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। सोमबारको गिरावटलाई निरन्तरता दिँदै नेप्से ४.६४ अंकले घटेर २६९६.६७ विन्दुमा कायम भएको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स ०.७० अंक, फ्लोट इन्डेक्स ०.३१ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१८ अंकले घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। सोमबार ६ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३४२ कम्पनीका १ करोड ४ लाख २१ हजार कित्ता शेयर ५५ हजार ५८० पटक किनबेच हुँदा कुल ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारका क्रममा एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य पुनः सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको शेयर मूल्य ११२ रुपैयाँ ३० पैसाले बढेर ८६१ रुपैयाँमा अन्तिम कारोबार भएको हो। यस्तै, लक्ष्मी उन्नती कोषको इकाइ मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

यता कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ६.०७ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रह्यो। कम्पनीको २७ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि रिडी पावर कम्पनीको २१ करोड रुपैयाँभन्दा बढी तथा सोलु हाइड्रोपावरको १९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ वटा उपसमूहमध्ये मंगलबार ४ वटा उपसमूहको परिसूचक बढ्दा ९ वटा उपसमूहको परिसूचक घटेको छ। वित्त, होटल तथा पर्यटन, जलविद्युत तथा व्यापार उपसमूहमा सामान्य वृद्धि देखिएको छ भने बाँकी सबै उपसमूहमा सामान्य गिरावट आएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds