लोड हुँदैछ...

मेनु

सुनसरी घटनापछि मोरङमा डीजेको प्रयोगमा रोक

सुनसरी घटनापछि मोरङमा डीजेको प्रयोगमा रोक

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर डीजे बजाउन तथा प्रयोग गर्न अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाद्वारा जारी सूचना अनुसार जिल्लाभित्र हुने कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायतका कार्यक्रम तथा अन्य सार्वजनिक स्थानमा डीजेको प्रयोग गर्न नपाइने भएको हो।

प्रशासनले जिल्लाको शान्ति–सुरक्षा, सामाजिक सद्भाव तथा सार्वजनिक व्यवस्था कायम राख्ने उद्देश्यले उक्त निर्णय गरिएको जनाएको छ। सूचनामा अर्को सूचना जारी नभएसम्म डीजेको प्रयोग पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ।

प्रशासनले सूचनाको उल्लङ्घन गरी डीजे प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले सबै जिल्लावासीलाई सूचनाको पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds