विराटनगर । व्यवस्थापन संकायमा अब्बल कलेजको रूपमा स्थापित विराटनरको मेरील्याण्ड कलेज देशभरी उत्कृष्ट कजेजहरुमध्ये सातौं नम्बरमा परेको छ ।
यसअघि पनि विभन्नि संघसंस्थाले गरेको सर्वेक्षणमा उत्कृष्ट कलेजमा सुचिकृत हुँदै आएको मेरील्याण्ड काठमाण्डौंस्थित केन्द्रबिन्दु नामक संस्थाको अध्ययनमा सातौंमा परेको हो ।
देशभरीको कक्षा ११ र १२ कक्षा पढाइ हुने कलेजहरुको मूल्यांकन गरी २५ उत्कृष्ट कलेजको नाम सार्वजनिक गरेको छ । विगत दश वर्षदेखि कलेजमा उपलब्ध सुविधा, सिकाईमैत्री वातावरण, परीक्षाको नतिजा आदिको आधारमा गरिएको सर्वेक्षणमा यो वर्ष मेरील्याण्ड उत्कृष्ट ७ मा परेको हो । वि.सं. २०५९ सालमा स्थापना भएको मेरील्याण्ड प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल छ । यो प्रदेश नम्बर १ कै सर्वोत्कृष्ट शैक्षिक संस्था हो ।
अध्ययनमैत्री वातावरण बनाउन सफल संस्थाले प्रविधिमैत्री शिक्षा, नियमित आन्तरिक परीक्षा प्रणाली, आवश्यकता अनुसार १२ महिना अतिरिक्त कक्षा, प्रोजेक्ट वर्कबेसलगायतका गतिविधी सञ्चालन गर्दै आएको छ । भयरहित वातवरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोले सफलता प्राप्त गरेको कलेजका प्रमुख लक्ष्मण ढकालले जानकारी दिनुभयो ।
प्लस टु शिक्षामा अब्बल सावित भएलगत्तै २०६६ सालदेखि बिबिएसको पठनपाठन आरम्भ गरेको मेरील्याण्डमा १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । मोफसलमा रहेर पनि अन्तराष्ट्रियस्तरको शिक्षा प्रदान गरेको कलेजको भनाई छ । मेरिल्यान्डले उत्कृष्ट नतिजा ल्याउने, गरिब तथा जेहेन्दार विद्यार्थीको लागि विशेष छात्रवृत्तिको व्यवस्था पनि गर्दै आएको छ ।
अनुशाशित वातावरणमा उत्कृष्ट फ्याकल्टी अध्ययन अध्यापन गराएकै कारण मेरील्यान्ड प्लस टु तहमा सफल शैक्षिक संस्था बनेको कलेज प्रमुख ढकालले जानकारी दिनुभयो । विद्यार्थीलाई नियमित अध्ययनबाहेक अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन पनि कलेजले उत्तिकै ध्यान दिने गरेको छ ।
देशभर २५ वटा उत्कृष्ट कलेजहरु सुची बन्दा प्रदेश नं. १ र २ बाट मेरील्याण्ड कलेज मात्र परेको छ । २०७५ सालमा मेरील्याण्ड देशभरकै सर्बोत्कृष्ट कलेज बनेको थियो । सो वर्ष कलेजका विद्यार्थीहरु पुजा साह र निशा पोखरेलले ३.९२ जिपिए ल्याएर नेपाल प्रथम भएका थिए ।
केन्द्रबिन्दुले गरेको सर्वेक्षण अनुसार १ नम्बर ललिपुरको प्रसादी एकेडेमी रहेको छ । यस्तै २ मा काठमाडौं मोडल कलेज, ३ मा काठमाण्डौकै सेन्ट जेभियर्स, ४ मा ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ५ मा एनसीसीएस उच्च मावि, ६ मा सेन्ट मेरिज मावि, ८ मा ट्रिनिटी इन्टरनेसनल कलेज, ९ मा सगरमाथा मावि पोखरा, १० मा जेभियर इन्टरनेसनल कलेज, ११ मा काठमाडौं बर्नहार्ट रहेको छ । यस्तै १२ लिटिल एन्जल्स ललितपुर १३ मा पिनाकल कलेज, १४ मा पेन्टागन कलेज, १५ मा सिसिआरसी कलेज, १६ मा एभरेष्ट कलेज काठमाडौं, १७. सैनिक आवासीय मावि, १८ मा किष्ट कलेज काठमाडौ, १९ मा नेपाल मेगा कलेज, २० मा आइएसटी कलेज, २१ मा ट्रिटन इन्टरनेशनल कलेज, २२ मा हिमालयन ह्वाइट हाउस कलेज, २३ मा नेपाल काष्ठमण्डप कलेज, २४ मा नोवेल एकेडेमी र २५ नम्बरमा काठमाडौंका मोर्गन कलेज रहेको छ ।