कोराना पोजेटिभ भन्ने वित्तिकै नेगेटिभ सोच किन ?

 नेत्र पी अधिकारी

अहिले विश्वभर कोरोना महामारी फैलिएको छ । संक्रमणबाट नेपाल अछुतो छैन । २०७६ माघ ९ गते पहिलो संक्रमित देखिएको नेपालमा अहिलेसम्म ६७ हजार ८ सय बढी संक्रमित भएका छन् । अहिलेसम्म कोरोना संक्रमण देखिएका ४ सय ३६ जनाको मृत्यु भईसकेको छ । कोरोनाको संक्रमण कहिलेसम्म भन्ने यकिन छैन ।

संक्रमण फैलिने क्रम तीब्र छ । संक्रमण कति बेला कसलाई हुन्छ भन्ने टुङ्गो छैन । तर, समाज भने कोरोना संक्रमणकै कारण टाढिदै गएको छ । संक्रमण फैलिदै गएपछि मैले विशेषगरि दुई खाले छिमेकी देखे । एउटा संक्रमण देखिनासाथ टाढिन खोज्ने । अर्को तेरो घरमा कोरोना छिरोस् भन्दै सराप्ने ।

पहिलो छिमेकीः कोरोना संक्रमण हुनासाथ हिजोसम्म बोलेको छिमेकी आजदेखि उसको घरतर्फ टाउको पनि फर्काउँदैन । सा¥हो, गा¥हो परेको सोधिखोजी गर्दैन । अरुबेला कुनै विराम लागे हस्पिटल लैजान, ल्याउन सहयोग गर्ने छिमेकी कोराना पोजेटिभ भन्नेवित्तिकै उसको सोच नेगेटिभ भईहाल्छ । बोल्दा पनि संक्रमण भइहाल्छ जस्तो गर्छ । भेट्ने कुरा त परै जाओस्, फोनमा पनि कुरा गर्न चाँहदैन । भोलि म पनि संक्रमित हुन्छु भन्ने हेक्का उ किन राख्दैन ? हालसालैको घटना, म बसे नजिकै घरका २ जना बृद्ध बुबाआमा संक्रमित हुनुभयो । संक्रमण देखिएको छेउका छिमेकीले वास्तै गरेनन् । सोधिखोजी नै गरेनन् ।

दोश्रो छिमेकीः कोरोना संक्रमण फैलँदै गएपछि समाजमा कस्ता खालका छिमेकी पनि देखिए भने दिनैपिच्छे कोराना लाग्नु नै भन्दै जप्ने । वर्षैदेखि रिस छ, बोलचाल छैन । त्यस्ता छिमेकीलाई उ कोरोना लाग्नु नी, यसलाई त लाग्दैन त भन्दै दिनैपिच्छे जप्ने पनि गरेको पाईयो । छिमेकीलाई शत्रुको व्यवहार गर्नखोज्ने व्यक्ति संक्रमण देखिए समाजबाट धपाउन पाइन्छ झै गरेर बसेको पनि देखियो । कोरोना सरुवा रोग हो । भोलि म पनि संक्रमित हुन्छु भन्ने हेक्कै छैन ।

कोरोना संक्रमण हुनासाथ बोल्नै नहुने, कोरोना लागोस् भनेर दिनरात जप्नुपर्ने अवस्था म देख्दिन । मेरो आफ्नो अनुभवमा कोरोना खासै हाउगुजी हो जस्तो लागेन । मेरो पनि परिवारका सदस्यमा संक्रमण देखियो । हामीले स्वास्थ्य सावधानी अपनायौं, घरमै बस्यौं । एक व्यक्तिबाट अर्कोमा संक्रमण देखिएन । त्यसले गर्दा कोरोना लागे के–के हुन्छ, सबै सकिन्छ भन्ने भ्रम रहेछ जस्तो लाग्यो । समाज भने संक्रमण देखिनासाथ बोलचाल बन्द गर्ने, छिमेकीसँग रिस उठे २००७ सालमा तेरो घरमा काँग्रेस छिरोस् भन्ने गर्थे भन्ने सुनेको मैले । अहिलेको समाज पनि २००७ सालकै अवस्थामा देख्दा खै त सामाजिक चेतना जस्तो लाग्नथाल्यो ।

कोरोना संक्रमण हुनासाथ हुने केहि होईन । भोलि समस्या पर्दा हेर्ने छिमेकी, साथीभाई नै हुन् । संक्रमण भोलिका दिनमा तपाईलाई देखिनसक्छ । कोरोना रिपोर्ट पोजेटिभ भन्ने वित्तिकै तपाईको सोच नेगेटिभ नबनोस् ।

बिहिबार, ०८ असोज, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर