विराटनगर । विराटनगरमा विगत २१ दिन देखि जारी लकडाउनले मात्र कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्न नसकेको निष्कर्श सहित शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी भएको छ ।
शुक्रबार अपरान्हदेखि नै नेपाल प्रहरीले विराटनगरका विभिन्न ठाउँमा माइकिङ गरेर रातिदेखि निषेधाज्ञा जारी भएको र घर बाहिर ननिस्किन भन्दै सूचना सम्प्रेषण गरिरहेको छ ।
मानिसहरुको चहलपहललाई घटाउने उद्देश्यले एक ठाउँमा पाँच जना भन्दा भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गर्ने निर्णय र त्यस बारेको सूचना प्रवाह भइरहँदा लकडाउनको अन्तिम दिन साँझ विराटनगरको गुद्री बजारको दृष्य यस्तो थियो :