कोरोना संक्रमित जनकपुरका पुर्वमेयर गिरीको निधन

विराटनगर । जनकपुरका पूर्वमेयर एवं होटेल रामाका सञ्चालक कृष्ण गिरीको कोरोना संक्रमणबाट निधन भएको छ ।

काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत गिरीको मङ्गलबार राती १२ बजे निधन भएको हो । तीन सातायता अस्पतालमा भर्ना भएका ७२ बर्षीय गिरी एक सातादेखि भेन्टिलेटरमा उपचाररत थिए । जनकपुरधामस्थित आफ्नै निवासमा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको थियो ।

गिरी मुटु सम्बन्धी रोग र उच्च रक्तचापबाट ग्रसित रहेको तथा उपचार गर्न अस्पताल भर्ना भएकै समयमा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

बुधबार, २८ साउन, २०७७, दिउँसोको १२:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर