लोड हुँदैछ...

मेनु

इलाममा १५ सशस्त्र प्रहरीमा कोरोना पुष्टि

इलाममा १५ सशस्त्र प्रहरीमा कोरोना पुष्टि

इलाम । इलाममा बिहीबार भएको परीक्षणमा एकैदिन १५ जनामा कोरोना संक्रमण देखिएकोमा सबैजना सशस्त्र प्रहरी भएको खुलेको छ ।

साउन साउन १८ गते स्वाब संकलन गरिएका सशस्त्र प्रहरी १ नम्बर गण बाहिनीमा कार्यरत ४२ सशस्त्र प्रहरीमध्ये १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

हालसम्म गणमा जम्मा ४६ सशस्त्रमा कोरोना पुष्टि भइसकेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिनुभयो। जिल्लामा हालसम्म दुई नेपाली सेना र एक प्रहरीमा समेत कोरोना पुष्टि भइसकेको छ भने इलाममा कोरोना सङ्क्रमितको सङ्ख्या ७७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds