कतारमा रहेका नेपालीलाई राहत

कतार । कतार सरकारको आन्तरिक मन्त्रालय र प्रतिष्ठित च्यारिटी संस्था कतार च्यारिटी मार्फत कोरोना संक्रमणको कारण समस्यामा परेका नेपाली श्रमिकहरुलाई दोस्रो चरणको राहत प्याकेज वितरण गपरिएको छ ।

एनसीसी कतारका अध्यक्ष मोहम्म्द मुक्तदा मुसलमानले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिनुभएको हो ।

ईस्लाम धर्मावलम्बीहरुको पबित्र पर्व ईद उल अजहाको अवसरमा ‘हामी सबैको एउटै ईद’ भन्ने उद्देश्यले कतार सरकारको आन्तरिक मन्त्रालयद्वारा एनसीसी कतार मार्फत कोरना भाइरस (कोभिड १९) को समस्यामा रहेका नेपाली श्रमिकहरुलाई खाद्य सामाग्री (फुड कीट) उपलब्ध गराउन गरिएको आग्रह र सहजीकरणका निमित्त तथा खाध सामाग्री भण्डारण र वितरण प्रक्रियाबारे सबैमा सहज रुपमा जानकारी दिन अध्यक्ष मुसलमानले मिडिया कर्मीहरुलाई आग्रह गर्नुभयो । कोरोनाको महामारीले नेपाली श्रमिकहरुमा परेको खाधान्न समस्यालाई न्युनिकरण गर्न कतार च्यारिटीले एनसीसी कतारको संयोजकत्वमा करीव डेढ करोड रुपैयाँ बराबरको खाधान्न यस अघिपनि वितरण गरी सकेको छ ।

बिगतमा राहत प्याकेज समान नहुँदा धेरै गुनासाहरु सुन्नु परेको, तर दोस्रो चरणको च्यारिटी बक्समा कुनै असमानता नहुने अध्यक्षको दावी थियो । अलमीरा कन्जुमरमार्फत खरीद तथा प्याकिङ गरिएको फुड किटको मूल्य एक प्याकेट बराबर करिब १३६ रियाल बराबरको रहेको र २२५० वटा कुल राहत प्याकेज एनसीसीले प्राप्त गरेको जनाइएको छ ।

कतारमा स्थापित संघसंस्थाहरुको सहयोग र समन्वयमा राहत प्याकेज वितरण गरिने अध्यक्ष मुसलमानले जानकारी दिनुभयो। पछिल्लो समय विभिन्न समस्यामा परेका पिडित नेपालीहरुको सहयोगमा जुटिरहेको एनसीसी कतारले कतारका व्यवसायी तथा अग्रजहरुको सहयोगमा स्वदेश फर्किनैपर्ने तर हवाई टिकट लिन असमर्थ ५५ जना नेपालीहरुको लागि हवाई टिकट व्यबस्था गरेको छ।

बुधबार, २१ साउन, २०७७, बिहानको ११:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर