युवाहरु रगतको महत्व बुझाउँदै

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका युवाहरु सामाजिक काममा सक्रिय भएर लागेका छन् । बिभिन्न सामाजिक काम गर्दै आएका युवाहरुले अहिले मानिसको जीवनसँग जोडिएको रक्त संकलन अभियान शुरु गरेका छन् ।

सेवाको भावनाका साथ रक्त अभाव भएका बिरामीका लागि रक्तदाता जुटाउन पहिलो पटक मोरङको बुढीगंगा गाउँपालिकाबाट यो अभियान शुरु भएको हो । ग्रामिण क्षेत्रमा रगतको अभाव र त्यसको महत्वको बारेमा बुझाउन नसकिरहेको अबस्थामा बुढीगंगा १ मा रहेको सिर्जनशिल युवा समाज नेपालले रगतको अभाव भएका विरामीको लागि रक्तदाता जुटाउने काम गुरु गरेको संस्थाले जनाएको छ ।

युवाहरुको अभियानमा बुढीगंगा गाउँपालिकाले पनि सहयोग गर्नेछ । गाउँगाउँमा रक्तदान अभियान संचानल गरेर रगतको अभावलाई कम गर्ने काममा युवाहरुको लागि प्रचारप्रसारको अभियानलाई पालिकाले साथ दिने जनाएको हो ।

बुढीगंगा गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले युवाले शुरु गरेको जोडिएको जीवन जोगाउने काममा गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । सिर्जनशिल युवा समाज नेपालका सल्लाहकार कपिल सुनारले बुढीगंगा गाउँपालिकामा नागरिकको जीवनसँग जोडिएको रगतको अभाव हुन नदिन शुरु भएको अभियान अत्यन्त नयाँ भएको बताउनुभयो ।

युवाहरुद्धारा संकलित रगत टंकीस्थित बिराट मेडिकल कलेज, टिचिङ हस्पिटलमा रहेको नेपाल रेडक्रस सोसाईटीको रक्तसंचार केन्द्रमा जम्मा गरिने सर्जनशिल युवा समाज नेपालका अध्यक्ष सागर थापाले जानकारी दिनुभयो ।

आइतबार, २८ असार, २०७७, दिउँसोको ०१:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर