कविता: म दरवान

म दरवान
समय टोटल्न कानो मामा निको
सुन्दर भवन भित्र अनेकौ चहलपहल
प्रवेश निषेध होईन, अनावश्यक छ मलाई
दरवाजामा बस्नु छ
आगन्तुकको परिचय लिनु छ
यसरी क्षण क्षण गर्दै दिन सर्छ।

एउटी आई रुपमा धनी
“महाशय तपाईको नाम ?” मेरो प्रश्न
“अशान्ती मेरो नाम” उत्तर उसको
लेखें परिचय ढोका खोलें
ऊ गई सरासर भित्र
प्रवेशको तक्षणै तहाँ
सुने उल्लाशित बेशुर आवाजहरु !

मेरो दैनिक कार्य
हेर्नु, परिचय,अनि प्रवेश र प्रस्थान
खोल्नु छ ढोका, लेख्नु छ, मनले बयान

आउँछ अर्को
उसको नाम……अभिमान
सुनें भित्र कड्तल
सायद उसले पायो मान अनि सम्मान
फर्कियो अभिमान अभिमानैसित

तक्षण आयो उज्जवल अर्को
अनायाशै श्रद्धाले मेरो शिर लरकियो
महाशय नाम ?
उत्तर आयो– उदारता
ढोका खोलें
पस्न लाग्यो भित्र
तर, किन हो अटाएन
त्यस ढोकाभरि महलको
निहुरियो, बल गर्यो
तर, सकेन पस्न, किनकी अटाएन
फर्कियो उदारता हार मानेर, स्थित जानेर

यस्तैमध्ये
स्मरणीय छन केही प्रवेशकहरु
अझ केही वर्णन गरौं
आयो हिंशा, पायो स्वागत
फर्कियो धेरैबेरमा
लोभ पनि
प्रस्थान गर्यो, प्रवेशपछि अवेरमा
विचरा जब सत्य आयो
पस्नासाथै रक्ताम्मे भै निस्कियो
“सत्य” बोल्न पनि नसक्ने, हेर्न पनि नसक्ने
आँखा अनि मुख रक्ताम्मे थियो
तर, पुन आउने दृढता थियो ।

शान्तिको हाल भयो बेहाल
पस्न त पसीभित्र
निस्की फाटिएको बस्त्रमा
शायद उ पिटिएकी थिई
जगटा लुछिएको थियो
तर, शान्ति शान्त बनि
देखि शान्तिको यो छटा
बिचार मग्न बनें म पनि

आई एकता
दिई मात्र एक निमंत्रणा पत्र
मैले पठाईदिएँ भित्र
एकता धेरै बेर पर्खिएर उत्तर नपाउँदा गई फर्किएर
मैले देखें–
भवनका प्रत्येक झ्यालहरुबाट निस्किए
टुक्रिएका कागजका टुक्राहरु
टुक्रिएका टुक्रा झुक्किएर एउटा
खस्यो नजिकै मेरो
टिपें, नियांले, पढें
“निमं”
हो, केवल
“निमं”
दुई अक्षरका निमन्त्रणाका मौन
निमन्त्रणामा
देखें एकताका टुक्राहरु
भवनका चौतर्फी चौरभरी ।

केही मनन केही चिन्तनपछि
बनें म केही क्षण पलायन
पलायनताको हुस्से हट्नासाथ
पर नियन्त्रित मशिन झै
खिच्यो भवनभित्रको कौतुहलताले
हो, मैले हेर्नैपर्छ, मैले जान्नै पर्छ अवश्य
भवनभित्रको,
जान्नु छ मैले रहस्य,
किनकी, किनकी म
दरवान भन्दा पर
म मान्छे पनि हुँ
म मान्छे पनि हुँ।

सोचें थें, यो त एउटा सभा गृह हो
नभए यो त एउटा सिंगो ठूलो हल हो
किनकि बाहिर आकृती यस्तै थियो प्रकृती यस्तै थियो
तरm अहो, यहाँभित्र
यसको कस्तो बिचित्र चित्र
कोरिडरहरु अशंख्य र साँगुरिएका
अनगिन्ति कोठा र उपकोठाहरु
प्रत्येक कोठाका व्यक्तिहरु बुझिदैन
बुझिदैन भाषा
बुझिन्छ केवल भिन्नता
प्रत्येक कोठाको
साइनबोर्ड आफ्नो, आफ्नै रङ्ग, झण्डा आफ्नो।

प्रत्येक कोठामा
अशान्ति, हिंसा, लोभ, अभिमान, आदिले
आतिथ्य लिए झै लाग्यो
यहाँ केही क्षण निरिक्षण, परिक्षण गरें
हो, यो पक्कै
थुप्रै मान्छे एकै चोटी अटाउने
एउटा ठूलो हल थियो,
यो ठूलो हल नै थियो।

किनकी,
देखे पूर्व पट्टी मञ्च एउटा
यो मञ्चका सेल्फहरु
यो मञ्चका भूँईहरु
यहाँबाट थुप्रै थुप्रै
वस्तुहरू हराएको हुनुपर्छ
ति वस्तुहरु के हुन ?
हेर त ति हराएका छापहरु
यी छापहरु त
सिद्धान्तका छापहरु हुनु पर्छ, अझै छन छापहरु
यी छापहरुलाई धूलोले पनि पुर्न सकेको छैन
हराएका छापहरु भन्दा धेर कोठाहरु छन्
किन चोरिए एउटा सिङ्गो मञ्चमा राखिएका
अनेकौ सिद्धान्तहरु ?
किन लुटिन्छन सर्वजनहितार्थ कोरिएका दृष्टान्तहरु ?

भत्किन पर्छ प्रत्येक कोठाका भित्ताहरु
फोरिनु पर्छ छुट्याउन उठेका प्रत्येक ईंट्टाहरु
तोडिनु पर्छ आफ्नो बनाउन ठोकिएका दैलाहरु
च्यातिनु पर्छ चिहाउन टाँगिएका, लत्रिएका पर्दाहरु

यहाँ प्रत्येक कोठाको अस्तित्व गुमाउन होईन
महाँ अस्तित्व सृजनाको निम्ति
फ्याकिन पर्छ यी कोठाहरु, भत्किएर थुप्रिएका धुलाहरु
बनिनु छ एउटा सिङ्गो हल
सिद्धान्त र दृष्टान्तले सझिनु छ ।

पुनः
यो मञ्च पूर्ववत
दुत्कारिएका ति अतिथीहरुले
यहाँ श्रद्धा अनि निमन्त्रणा पाउनु छ
प्रत्येक सिद्धान्त विदहरु मञ्चमा बोलोस्
यी सबैको सबैलाई एउटा मञ्च होस्
यी सबैको सबैलाई एउटा सिङ्गो हल होस्
नभए
प्रत्येकले दरवान र मान्छे भएर
हेर्नुपर्छ
यो भवनलाई

शनिबार, १३ असार, २०७७, बिहानको ०९:०७ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर