कथा : उषा

 ममता श्रेष्ठ

प्रदिप र राधाको मागी बिहे भयो ।सोझी राधा प्रदिपको घरमा सबैकी प्यारी भइन् । सासूआमा दुईजना जेठानी सबैको मान राखिन् । प्रदिपको स्वभाव कडा छ । प्रदिपसँग घरमा सबै डराउँछन् । उच्च पदमा भएकाले सम्मान पनि गर्छन् । आमाप्रति अगाध प्रेम भाव छ । राधालाई माया नगर्ने पनि होइन ता राधा धेरै डराउँछिन् । घर व्यवहारले गर्दा राधालाई फुर्सद नै हुँदैनथ्यो तर प्रदिपले कहिलेकाहीँ बिहे, व्रतबन्ध भोजमा राधालाई लिएर जान्थे । बिहे गरेको तीन वर्ष भयो । राधाले सन्तान दिन सकिनन् । अब सबैले बच्चाको कुरा गर्न थालिसकेका छन् । एकदिन प्रदिपले राधालाई घुमाउन भेडेटार लिएर गए । घरबाट पहिलो पल्ट यसरी घुँम्न आएको राधालाई रमाइलो लाग्यो । साँझमा बाहिर खाना खाएर गए । सधैँ घरको काम गर्ने राधाले खाना नबनाउँदा जेठानीहरुले पनि बाहिरबाट मगाएर खाए । नौ बजे घर आउँदा सासूआमा भोक्कै हुनुहुन्थ्यो । राधाले खाना बनाएर खुवाएपछि प्रदिपलाई नराम्रो लाग्यो । उनले आमासँग सल्लाह गरेर छुट्टिए । अब तीन जनाको परिवार राधालाई केही आराम भयो तर प्रदिपलाई बच्चाको चाहना भयो । दुवै जनाले डाक्टरलाई जँचाएर केही औषधि सेवनपछि राधाले खुसीको खबर सुनाइन् ।

छोरी जन्मदा प्रदिप औधी खुसी भए । राधाको बुबाआमा पनि नातिनीलाई हेर्न आउनुभयो । दुवै परिवारमा सम्बन्ध राम्रो छ । नातिनी हेरेपछि मख्ख पर्नुभयो । एक महिनापछि राधा माइत आइन् । राधा माइत आएपछि प्रदिपले राधालाई धेरै सम्झे । बिहान ओछ्यानमा चिया ख्वाउँछिन् । जहिले घरमा बस्ने भएर होला राधाको महत्व प्रदिपलाई थाहा भयो । साढे नौ बजेसम्म खाना पाकेन । भोकै कार्यालय गए । दिउँसो राधालाई फोन गरे । राधाले खाना खानुभयो सोधिन् । प्रदिपले छैन खाएको भनेपछि राधा छक्क परिन् । दुई बजिसकेको छ । किन खाना खानु भएन भनेर सोधिन् । प्रदिपले केही भनेनन् । फोन राखेपछि राधालाई माइत बस्न मन लागेन । बुबा बजार जानुभएको थियो ।आमालाई प्रदिप भोकै कार्यालय गएकोले घर जान्छु भनेर जिद्दी गरिन् । छिमेकी रविनको भेन बोलाइन् । छोरी लिएर घर आइपुग्दा पाँच बजिसकेको छ । भान्छाकोठामा आमा साग केलाउँदै हुनुहुन्थ्यो । आमालाई ढोगेर खाना बनाउन थालिन् । राधालाई देख्दा आमा ज्यादै हर्षित हुनु भयो । आमाले राधालाई छोरीजस्तै माया गर्नुहुन्छ ।

राधाले हतार हतार प्रदिपलाई मनपर्ने काँव्रmाको अचार बनाइन् । दाल, भात, साग, बैगुन, आलुको तरकारी पकाएर कोठामा आइन् । छ बज्यो प्रदिप आएका छैनन् । पलङ्गको तन्ना फेरिन् । छरपस्ट सामान मिलाइन् । साढे छ बजे प्रदिप घर आए । राधा छोरीलाई दूध ख्वाउँदै थिइन् । प्रदिपले कोठामा राधालाई देखेर छक्क परे । छोरी सुतिसकेकी हुँदा सुताइन् । उठेर प्रदिप भएको ठाउँमा आइन् । मुसुक्क मुस्कुराउँदै भनिन् ‘चिया ल्याऊँ कि खाना खाने रु’ प्रदिपले राधाको कुममा हात राख्दै भने राधा म तिमीलाई देखेर अघाएँ । एकहप्तामा म त ख्वै के भनूँ तिम्रो जादुले यो घर उज्यालो भएको रहेछ । म तिमीबिना बस्न नसक्ने रहेछु । तिम्रो आभासले यो घर मुस्कुराएको रहेछ । भो भो अब छोड्नुस् यी कुरा । म चिया लिएर आउँछु । राधा भान्छा कोठामा गइन्, तीन कप चिया लिएर आमाको कोठामा गइन्, आमालाई चिया दिएर आफ्नो कोठामा आइन् । चिया दिइन् । चिया पिउँदै प्रदिपले सोधे कति बेला आयौ । फोन राखेपछि मलाई त्यहाँ बस्न मन लागेन । बुबा हुनुहुन्नथ्यो आमाले नजा, पछि जानु भन्दै हुनुहुन्थ्यो म त नसोधी हिँडे । राधाले प्रदिपको अनुहारमा हेर्दै भनिन् । प्रदिप राधाको छेउमा आएर बसे । चियाको कप टेबलमा राखेर भने राधा म आज तिमीप्रति कृतज्ञ भएँ । मैले सोच्न सकेको थिइनँ । म पनि त हजुरबिना बस्न सक्दिनँ । मुखले जे भने पनि हजुरको साथमा म रमाउँछु । आफ्ना खुसी यो कोठामा मात्र पाउँछु । यो घर मेरो स्वर्ग हो राधाले भन्दा दुवै जना खुसी छन् ।

उषा तीन वर्षकी भएपछि पढ्न जान थालिन् । आमालाई तीन दिन आएको ज्वरोले छाडेन । आफूसँग लिएर गयो । आमाको मृत्युले प्रदिपलाई धेरै दुःखी बनायो । दिन बित्दै जाँदा बिर्सदै गए । उषा ठूली हुँदै थिइन् । राधाको आमालाई क्यान्सर भयो । निको हुन्छ भन्ने आसमा ऋण दिएर उपचार गरिरहेका थिए । आमाको उपचार गर्न राधाको भाइले प्रदिपसँग पनि पाँच लाख लगे । पछि खेत दिउँला भनेको थियो । त्यो खेत पनि बन्धक राखे । ऋणमा डुबे पनि आमालाई बचाउन सकेनन् । राधाको खुसी पनि आमाले लिएर गइन् । पन्ध्र दिन माइत बसेर राधा घर आइन् । आमा मरेको वर्ष दिन नपुग्दै प्रदिपको र भाइहरुसँग झगडा भयो । त्यसपछि आमाको वर्षदिनको काममा समेत राधा गइनन् । बूढो बुबालाई लिएर भाइहरु काठमाडौँ गए । घर खेत सबै बिक्यो । केही रहेन । आमाले राधाका माइतीको खुसीसँगै लिएर गइन् । राधाले केही गर्न सकिनन् । प्रदिपको कडा स्वभावले गर्दा चुप लाग्न ठीक ठानिन् । आँखामा आएको आँसु आँखामा लुकाइन् । बग्न दिइनन् ।

बाह्र कक्षाको परीक्षा सकियो । बुबाआमाकी एक्ली छोरी उषालाई अब के गर्ने थाहा छैन । आमा म मामाघर जान्छु । दिनमा पाँचपल्ट आमालाई भन्छिन् । बुबालाई सोध जा भन्नुभयो भने जानू, आमाको जवाफ सुनेपछि उषा चुप लाग्छिन् । प्रदिपलाई राधाको माइत मन पर्दैन । पाँच वर्ष अगाडि खेत दिन्छु भनेर पाँच लाख दिएको खेत पनि आएन पैसा पनि आएन । राधाको लागि माइतको ढोका बन्द भइसकेको छ । राधालाई प्रदिपको रुप कुरुप लाग्न थालेको छ । उनीप्रतिको प्रेमभाव बदलिएको छ । उषालाई सबै कुरा थाहा भए पनि मामामाइजूले पहिले माया गरेको सम्झिन्छिन् । आमाबुबालाई सम्झाउनु है म भोलि मामाघर जान्छु, उषाले फेरि भनिन् । राधा अफिस जान ढिलो भै सक्यो खाना पस्केकी छैन’ प्रदिपले कुर्सीमा बस्दै भने । राधाले खाना पस्केपछि उषा पनि बुबाको छेउमा कुर्सी तानेर बसिन् । खाना खाँदै गर्दा राधाले प्रदिपलाई हेर्दै भनिन् छोरीको छुट्टी छ काठमाडौँ जान मन गरेकी छे के गर्ने बुबालाई सोधिदिनु भन्दैछे । खाना खाँदाखाँदै उषातिर फर्केर प्रदिपले सोधे काठमाडौँ किन जाने केही काम छ, प्रदिपले सोधे । काम ते केही छैन सबै साथी घुँम्न गएका छन् मलाई पनि घुँम्न जान मन लागेको छ, उषाले भनिन् । घुँम्न काठमाडौँ किन जानुप¥यो । अन्तै जाँदा हुँदैन म पर्सि पोखरा जाँदै छु सँगै जाउँला भनेर प्रदिप उठे ।

प्रमोद अफिस गएपछि उषाले पोखरा जाने सामान मिलाइन् । तर राधालाई प्रदिपले जाऔँ भनेका थिएनन् । उषालाई पोखराभन्दा काठमाडौँ जान मन थियो । प्रदिप र उषा काठमाडौँ हुँदै पोखरा प्लेनमा गए । पोखरामा प्रदिपले उषालाई फुपूको घर पनि लिएर गए । दुई दिन उषा फुपूसँग बसिन् । प्रदिप अफिसको काममा व्यस्त थिए । उषालाई फुपूका छोरीले पोखरा घुमाइदिए । सात दिन बसेर प्रदिप र उषा इनरुवा फर्के । उषालाई पोखरा घुँम्दा रमाइलो लागेको थियो तर घर आएपछि फेरि के गर्ने जस्तो लागिरह्यो ।

राधा कपडा छतमा सुकाएर कोठामा आइन् । उषा पनि राधाको छेउमा आएर बसिन् । उषाले राधाको हात समाएर सोधिन् आमा तपाईलाई मामाघर जान मन
लाग्दैन । हजुरबुबाको माया लाग्दैनरु किन जानुहुन्न रु राधाको अनुहार रातो भयो । आँखा रसाए । केही बोलिनन् । उषाले फेरि सोधिन् ‘आमा पैसाले बुबा किन्न सकिन्छ रु हजुरबुबाले बाबाको पैसा खानुभएको त हैन । किन जानुहुन्न रु आँसु पुछ्दै राधाले भनिन् नारी भएर जन्मेपछि धेरै कुरा सहनुपर्छ । लोग्ने जस्तो भए पनि उसले भनेको मान्नुपर्छ । नत्र नारीको अस्तित्व रहँदैन । सहनु नारीको धर्म हो । मेरो भाग्यमा यस्तै रहेछ । तेरो लागि जान्न ।मलाई तेरो बाबाले तेरो कसम खान लगाउनुभयो छोरीको कसम खाएर भन म माइत जान्न भन्नुभयो । मैले हुन्छ भनेपछि मात्र मान्नु भयो । आमाको कुरा सुनेपछि उषालाई धेरै नराम्रो लाग्यो ।

उषा अठार वर्ष पुरा भई उन्नाईस वर्षको भइन् । प्रदिपले नागरिकता बनाइदिए । प्रदिपको आमाले उषाको नाममा पैसा राखिदिनुभएको थियो । नागरिकता दिएपछि बैङ्कको चेकबुक र नागरिकता लिएर उषा बैङ्क अफ काठमाडौँको शाखामा गइन् । बैङ्कको सबै हिसाब मिलाएपछि सात लाख आयो । उषाले त्यो पैसा बैङ्कबाट झिकिन् । झोलामा हालिन् । बैङ्कबाट बाहिर आइन् । अटो चढ्न आँटेकी सँगै पढेको साथी विकाससँग भेट भयो । विकासले कहाँ जाने म पु¥याइदिन्छु भनेर मोटरसाइकल उषाको अगाडि ल्याए । उषाले मनमनै विचार गरिन् बाबाको अफिस जान्छु । विकासलाई भनिन् मेरो एउटा काम गरिदिन्छौ । हुन्छ विकासले भन्यो । एउटा कागजमा अब लेख भनिन् । भिनाजु यो पैसा राख्नु होला म आउन सकिनँ । गल्तीमा माफ पाऊँ । भो नाम लेख्नु पर्दैन । त्यो कागजको टुव्रmा पनि झोलामा हालिन् ।

विकासले मोटरसाइकल उषाको बुबाको कार्यालय अगाडि रोके । गाडी राख्ने ठाउँमा राखेर आए । उषाले पैसाको झोला दिएर मसँग नचिनेको व्यवहार गर्नु भनिन् । पाँच लाख दिएर बुबाको नाम भनेर अगाडि बढिन् । बाबाको कोठामा आइन् । हजुरआमाले बचत गरेको दुई लाख रहेको छ भनेर दिइन् । उनले त्यो पैसा राखेपछि प्रदिप सर, को हुनुहुन्छ भन्दै विकास आएर झोला दिएपछि फर्कियो । प्रदिपले चिठ्ठी पढे । पैसा राखेपछि उषाले म जान्छु भनेर उठिन् । प्रदिपले उषालाई रोकेसँगै जाने । पर्ख भनेपछि उषा उभिइन् । उषा बाबासँग घर आइन् । आज प्रदिप खुसी थिए । उनको गुमेको धन फर्कियो भनेर राधालाई सुनाए । राधालाई ढुक्क भयो । प्रदिपले एक दिन राधासँग भनेको उषाले सुनिन् । राधा मैले तिमीलाई कसमबाट मुक्त गरे । तिमी अब माइतीमा कुरा गर्न सक्छ्यौ । राधा केही बोलिनन् । प्रदिप कार्यालय गएको समयमा उषाले हजुरबासँग राधाको फोनमा कुरा गराइन् । बुबासँग बोल्न पाएपछि राधाको मन गद्गद् भयो । राधाले मनमनै सोचिन् । ‘म नारी हुँ मेरा रहर चाहना र प्रेममा पनि उनको इच्छाको बन्धन छ । उनले चाहे भने म गर्ने उनलाई मन परेन मैले छाड्नुपर्ने ।’ साँझमा प्रदिप आएपछि उषाले बाबा म मामाघर जाऊँ भनेर सोधिन् । प्रदिप केही बोलेनन् राधाको अनुहारमा हेरे । राधा चुपचाप बसेकी थिइन् । उषाले फेरि सोधिन् बाबा म मामाघर जाऊँ एक हप्ता बसेर आउँछु । नाई नभन्नु ल प्रदिपले हुन्छ जाउ भनेर सुनेरै राधाको आँखाबाट आँसु झ¥यो । यो खुसीको आँसु थियो ।

धेरै समयपछि आज राधालाई प्रदिप सुन्दर लाग्यो । प्रदिपले फोन गरेर उषाको लागि काठमाडौँ जान प्लेनको टिकट काटिदिए । राधालाई उषाकाठमाडौँ जाँदा खुसी लाग्यो । कान्छा मामालाई पहिले फोन गरेर एयरपोर्ट लिन आउनु भनिन् । उनी काठमाडौँ उत्रिदा मामा आइसकेका थिए । धेरै वर्षपछि भान्जी घर आउँदा सबै खुसी थिए । उषाले मामाघर पुगेपछि राधालाई फोन गरिन् । उषा मामाले त्यो पैसा कस्तो हातमा पठाएको रहेछ सोध ल राधाले भन्दा उषाले हाँस्दै भनिन्– ‘आमा त्यो पैसा म सानी हुँदा हजुरआमाले मेरो नाममा राखेको सात लाख रहेछ मैले बाबालाई दुई लाख थियो भनेर दुई लाख दिएँ पाँच लाख मेरो साथी विकासले बाबालाई लगेर दियो । अब चिन्ता नलिनू । आमा हजुरकी छोरी म हँु नि अब म मेरी आमालाई दुखी देख्न सक्दिन ।’ यो कुरा कसैलाई नभन्नु कान्छा मामालाई थाहा भयो । यहीँ हुनुहुन्छ उषाले भनेको सुन्दा राधा दङ्ग परिन् । आमा फोन राखूँ भनेर उषाले फोन राखिन् तर राधा हातमा फोन बोकेर टोलाइरहिन् ।
विराटनगर

शुक्रबार, १२ असार, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर