वर्षाको विवादित अभिव्यक्तिको आलोचना

भारतीय फ्यानको चिन्ता मनिषालाई भन्दा बढि वर्षालाई

विराटनगर । नेपाली फिल्म क्षेत्रकी अभिनेत्री वर्षा राउतले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएको छ ।

सामाजिक सञ्जालमा उनले नेपाल–भारत सीमाको विषयमा पत्रकारहरुले अनावश्यक विवाद सिर्जना गरेको भन्दै एउटा भिडियो क्लीप सार्वजनिक गरेकी छन् ।

भारत र नेपालका पत्रकारहरु मिलेर दुई देशबीचमा फाटो ल्याउने काम गरिरहेको भन्दै वर्षाले भिडियोमा भनेकी छन्, ‘ ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो, तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबलटक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् ।’

वर्षाले भिडियो क्लिपमा भारतीय साथीहरुलाई अब के भन्ने भन्ने भइरहेको समेत उल्लेख गरेकी छिन् । उनले भनेकी छन्, ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने, अनि इन्डियन साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेको छ ।’

अभिनेत्री राउतको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । बलिउडकी स्टार अभिनेत्री मनिषा कोइरालाले नेपालको पक्षमा खुलेर बोलिरहँदा वर्षाको अभिव्यक्ति आफैंमा स्वभाविक छैन ।

२५ वर्ष बलिउडमा बिताएकी मनिषा कोइरालालाई आफ्ना प्रशंसक, साथीभाइको चिन्ता नहुने तर वर्षालाई भारतीय साथीको चिन्ता हुनु आफैंमा अनौठो छ ।

आइतबार, ११ जेठ, २०७७, बिहानको १०:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर