सुनसरीमा थप दुई जनामा कोरोना, प्रदेश १ मा ४५ संक्रमित, देशभर ३७७

इटहरी । मंगलबार सुनसरीका थप दुई जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा ईटहरीका १८ वर्षीय युवा र पश्चिमकुशाहमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना देखिएको हो ।

प्रतिष्ठान स्रोतले दुई जनामा कोरोना देखिएको जनाएको छ । संक्रमित सुरक्षाकर्मी सशस्त्र प्रहरी भएको बताइएको छ । कोरोना संक्रमणबारे स्वास्थ्य मन्त्रालयको आधकारिक विज्ञप्ति भने आइसकेको छैन ।

इटहरीका संक्रमित युवा बीपीको आईसोलेशनमा रहेका छन् । योसँगै सुनसरीमा मात्र ३ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार गढी गाउँपालिकाका एक युवामा संक्रमण पुष्टि भएको थियो । ती युवा ११ दिन पैदल हिँडेर दिल्लीबाट नेपाल आएका थिए ।

सुनसरीमा २ थपिएसँगै प्रदेश १ मा संक्रमितको संख्या ४५ पुगेको छ भने नेपालमा कोरोना संक्रमितको संख्या ३७७ पुगको छ । जसमा २ जनाको मृत्यु भएको छ भने ३७ जना उपचारपछि निको भएका छन् ।

मङ्गलबार, ०६ जेठ, २०७७, बिहानको १०:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर