मोरङ्गका १६ जना पत्रकारहरुको स्वाब संकलन

विराटनगर । कोरोना भाईरसको जोखिमका बाबजुद जनतालाई सु–सुचित गराउन खटिएका पत्रकारहरुको कोरोना परिक्षणका लागि स्वाबको नमुना संकलन गरिएको छ ।

शनिबार नेपाल पत्रकार महासंघको प्राङ्गणमा मोरङ्गका १६ जना पत्रकारहरुको पिसिआर प्रविधिबाट कोरोना परिक्षणका लागि स्वाबको नमुना संकलन गरिएको हो ।

प्रारम्भिक चरणमा विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्र, कोरोना संक्रमित र कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरुको निकट पत्रकारितामा संलग्न १६ जना पत्रकारहरुको स्वाब संकलन गरिएको छ । मोरङ्गका १६ जना पत्रकारहरुको पिसिआर परिक्षणको रिपोर्ट भने आइतबार साँझसम्म आईपुग्ने जनाइएको छ ।

पहिलो चरणको परीक्षणको रिपोर्टको आधारमा विराटनगरका पत्रकारमा कोरोना भाईरसको जोखिमको अवस्थाबारे जानकारी हुने अपेक्षा गरिएको छ ।

शनिबार, ०३ जेठ, २०७७, दिउँसोको ०४:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर