लोड हुँदैछ...

मेनु

खोप पत्ता नलागे पनि अब अमेरिका खुल्छः ट्रम्प

खोप पत्ता नलागे पनि अब अमेरिका खुल्छः ट्रम्प

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को खोप पत्ता नलागे पनि अब अमेरिका खुल्ने बताएका छन् ।

यस वर्षको अन्तिमसम्म कोरोना भाइरसको खोप पत्ता लाग्ने दावी गर्दै ट्रम्पले खोप पत्ता नलागे पनि अमेरिका बन्द भइनरहने बताए ।

खोप पत्ता नलागे पनि अमेरिकीहरूको जनजीवन सामान्य अवस्थामा फर्किने ट्रम्पको भनाइ छ । विशेषज्ञहरुले यस वर्षको अन्तिमसम्ममा कोरोना भाइरसको खोप निर्माण हुनेमा आशंका व्यक्त गर्दै आएका छन् ।

अहिले विभिन्न १४ किसिमका खोप निर्माणको प्रयास भइरहेको ट्रम्पको भनाइ छ । उनले निकै छिटो र महत्त्वपूर्ण हिसाबमा यो खोप निर्माण हुने अपेक्षा पनि व्यक्त गरेका छन् ।

ट्रम्पले पूर्ण रूपमा मानिसहरू खोपमा निर्भर नरहने बताउँदै अब खोप नबने पनि अमेरिका सामान्य बन्ने बताए । अन्य धेरै फ्लुको खोप नबन्दा पनि मानिसहरूमा ती फ्लूविरुद्ध लड्ने प्रतिरोधी क्षमता विकास भएको उनको भनाइ छ ।

खोप निर्माणको नेतृत्व ग्लोक्सोस्मिथक्लाइनकाको खोप विभागको नेतृत्व गरिसकेका मोनासेफ स्लाओइलाई दिइएको छ । ट्रम्पपछि बोल्दै स्लाओइले सन् २०२० को अन्तिमसम्म लाखौं डोजको कोरोना भाइरसको खोप निर्माण हुने दाबी गरेका छन् । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।