विराटनगर। बिहीबार विहान नेपालमा थप ७ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार विहान सर्लाहीका १, धनुषाका २ र महोत्तरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् ।
त्यसअघि कपिलवस्तु र काठमाडौंका दुई जनामा पनि संक्रमण भएको पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य छ ।
हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३९, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ७, कैलाली, धनुषा र महोत्तरीमा ४/४, रौतहट, बारा र सर्लाहीमा ३/३ तथा बागलुङ, चितवन, झापा र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकामध्ये ३५ जना निको भए पनि ३ जनामा पुन: संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको छ ।