लोड हुँदैछ...

मेनु

ती मुलुक, जहाँ कोरोनाको चिन्ता छैन

ती मुलुक, जहाँ कोरोनाको चिन्ता छैन

एजेन्सी । चीनको बुहानबाट विश्वभर फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म १३ वटा देश मुक्त रहेका छन् ।

कतिपय राष्ट्रले आफ्नो देशमा कोरोना संक्रमणको यकिन तथ्यांक नदिएको आरोप लाग्दै आएको भएपनि सार्वजनिक भएका विवरण अनुसार १३ मुलुकमा कोरोनाको संक्रमण देखिएको छैन ।

अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा धेरै मानिस मर्ने राष्ट्रको सूचीमा पहिलो स्थानमा छ। युरोपका प्रायः सबै ठूला राष्ट्रमा पनि संक्रमणको दर तीव्र गतिमा फैलिरहेको छ।

अहिलेसम्म विश्वमा रहेका १८७ मुलुकमा कोरोनाको संक्रमण देखिएको बीबीसीले जनाएको छ । यस्तै स्वतन्त्र मुलुकको मान्यता नपाएका १५ स्वसासित क्षेत्रहरुमा पनि कोरोना देखिएको छ । तर, विश्‍वमा यस्ता पनि देश छन् जहाँ एक जनामा पनि कोरोना भाइरस संक्रमण नदेखिएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

अहिलेसम्म कोरोना भाइरस संक्रमण नभेटिएका देशहरु १३ वटा छन् । ती देशहरु किरिबाटी, लेसोथो, मार्सल आइल्यान्ड, माइक्रोनेसिया, नाउरु, उत्तर कोरिया, पलाउ, समोआ, तुर्कमेनिस्तान, टुभालु, भानुआटु, टोंगा र सोलोम आइल्यान्ड हुन् । तीमध्ये उत्तर कोरियामा कोरोना नदेखिएको दावीलाई अमेरिकासहित पश्चिमा मुलुकले भने अस्वीकार गर्दै आएका छन् ।

शनिबारसम्म विश्वभर कोरोनाबाट ४० लाख ५० हजार बढि संक्रमित भएका छन् भने २ लाख ७७ हजार बढिको ज्यान गएको छ । यस्तै अहिलेसम्म १४ लाख ६ हजार उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।