आफ्नो भूमिमा सडक बनाएको भन्दै नेपालको आपत्ती

विराटनगर । भारतले नेपाली भुमि अतिक्रमण गरी लिपुलेकमा लिंकरोड बनाएर उद्घाटन गरेकोप्रति नेपाल सरकारले खेद प्रकट गरेको छ ।

शनिबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुखपूर्ण घटना भएको भन्दै सुगौली सन्धि, १९१६ अनुसार लिम्पीयाधुरा, कालापानी र लिपु लेक लगायत महाकाली नदीको पूर्व क्षेत्रहरू नेपालकै भएको अडान दोहो¥याएको छ ।

‘विगतमा यो नेपाल सरकारले धेरै पटक दोहोर्याएको थियो र पछिल्लो समयमा जारी गरिएको नयाँ राजनीतिक नक्शाको जवाफमा २० नोभेम्नबर २०१९ मा भारत सरकारलाई सम्बोधन गरिएको कूटनीतिक नोटमार्फत पनि नेपाल सरकारले यो कुरालाई दोहोर्याएको थियो’ वक्तव्यमा भनिएको छ । भारतको काम प्रधानमन्त्रीको तह लगायतका दुई देशहरूबीच भएको समझदारीको बिरूद्ध रहेको भन्दै विज्ञप्तिमा सीमा विवादको समाधान वार्ताबाट खोजिनुपर्ने उल्लेख छ ।

नेपाल सरकारले दुई देशबीचको बाँकी रहेको सीमा समस्याहरू कूटनीतिक माध्यमबाट सुल्झाउनुपर्ने कुरा जोड दिएको छ । यसै कुरालाई ध्यानमा राख्दै नेपाल सरकारले दुई देशका विदेश सचिवहरूको बैठकका लागि दुई पटक मिति प्रस्ताव गरेको जनाएको छ ।

भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक निर्माण गरी बिहीबार उद्घाटन गरेको थियो । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोड भारतले बनाएको हो ।

शनिबार, २७ बैशाख, २०७७, दिउँसोको ०३:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर