ओ प्रश्नहरु !?

 शशिकिरण

जब फूल !
म मात्र फूल भएको बेला !
बास्ना सब हराएर भूल भएको बेला !
रातो , सेतो , पहेलो र हरियो !
सब रङ्ग भगाएर,
म मूल भएको बेला !
काडा, डाली र माली ,
सब हर्काएको बेला !
ओ प्रश्न !
किन तिमी तम्सेको ?
म फूल हो कि जून ?
किन औला तर्सेको ??

फूल आफ्नै बास्नामा रम्ने ।
जून अरुको स्वादमा खुल्ने ।

ओ प्रश्न !
लेलिन स्टालिन मारेर,
म ख्रुचोब उदाएको बेला !
नब साम्राज्य बोकेर ,
साम्यवाद कराएको बेला !
हिटलर मुसोलोनी प्रीत लाएको बेला !
माओ चाओ किन कराको ?
जन्ता सन्ता किन बोलाको ?

माओ जनताको नायक ,
हिटलर आतंकको बाहक ।

ओ प्रश्न !
म नाङ्गै हिडेको बखत !
बक्खु सिल्क किन बोलेको ?
न्यानो जाडो किन खुलेको ?
महान सिल्पकार मेरा ,
तुच्छ नयन तिम्रा !
बदनको लुगा नदेख्ने,
सम्राट्को मनोबिज्ञान नबुझ्ने !

ओ प्रश्नहरु !
मलाइ बास्ना मन पर्दैन !

आउ मेरो अहंकारको एउटा गीत लेखौ!
युग समाप्तिको प्रीत खोजौ !
उत्तरहरुको अबसानको ,
गज्जबको मित रोजौ ।

प्रश्नहरु !
अचेल मलाइ तिमिसङ घिन लाग्छ ,
तिम्रा एमानका औलाहरु ,
झन झन घिन लाग्छ !!

शनिबार, २७ बैशाख, २०७७

प्रतिक्रिया

  1. लिपुलेक र लिम्पियाधुरा के भईरहेछ
    कार्यकर्का कबिता बजाई रहेछ।
    क्य बात छ मेरो देशका नेता हरु
    भोक भोोेैकेै रुईरहेछ जनताहरु।
    देश जल्दा वासुरी बजाई रहने शासकहरु
    ईतिहास खोो्ज्न्न टाढा जानू पर्देन।

प्रतिक्रिया:

सम्बन्धित खवर