नेपालगञ्जमा थप एक जनामा कोरोना, संक्रमितको संख्या १०२ पुग्यो, ३० जना उपचारपछि डिस्चार्ज

काठमाडौं । नेपालगञ्जमा शुक्रबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोे छ ।

संक्रमित हुनेमा १६ वर्षीय पुरुष रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोनाको संक्रमण पूष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । उनीहरुमध्ये ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

शुक्रबार, २६ बैशाख, २०७७, दिउँसोको ०४:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर