जनयुद्धका लडाकु परिवारलाई प्रचण्डद्वारा आर्थिक सहयोग

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले मोरङका एक जनयुद्धकालिन कार्यकर्ताको परिवारलाई त्यस क्षेत्रका सांसद मार्फत आर्थिक सहयोग उपलव्ध गराउनुभएको छ ।

मोरङको ग्रामथान गाउँपालिका ३ तेतरीयाका झलककुमार भगतका दुई साना बालकहरुको भरणपोषणका लागि अध्यक्ष प्रचण्डले ५० हजार रुपैयाँ आर्थिक सहयोग पठाउनुभएको हो । सो रकम आजै मोरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदी र नेकपा मोरङका सचिव गणेश उप्रेतीद्वारा बालकहरुको रेखदेख गर्दै आउनुभएका वृद्ध हजुरबुवा अजुरआमालाई हस्तान्तरण गर्नुभएको हो ।

जनयुद्धको समयमा नेपाली सेनाबाट बिद्रोह गरेर जनमुक्ती सेनामा आवद्ध हुनुभएको भगतलाई २०७४ साल कार्तिकमा प्रहरीले पक्राउ गरी नेपाली सेनालाई बुझाएको थियो । सर्वस्वसहित जन्मकैदको फैसला भएपछि कारागारमा हुनुहुन्छ । सेनाबाट विद्रह गरेर जनमुक्ति सेनामा आवद्ध हुने क्रममा दुई थान राइफलसमेत लगेको आरोप उहाँमाथि लागेको छ । सोही अभियोगमा भगतलाई गत संसद निर्वाचनको पूर्वसन्ध्यामा प्रहरीले पक्राउ गरेको थियो ।

शान्ति प्रकृयापछि भगत तात्कालिन वाइसिएलका केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो । पछिल्लो समय विप्लव समूहमा आवद्ध भएको सूचना पाएपछि निर्वाचनको सुरक्षा थ्रेट महशुस गरेर प्रहरीले उहाँलाई पक्राउ गरेको थियो । त्यसको सूचना पाएको सेनाले पत्र लेखेरै बुझाउन भनेपछि मोरङ प्रहरीले भगतलाई नेपाली सेनाको जिम्मा लगाएको थियो ।

परिवारको लालनपालनका लागि झलककी श्रीमती वैदेशिक रोजगारमा हुनुहुन्छ भने त्यहाँ पनि बिरामी परेर परिवारलाई सहयोग गर्न नसक्ने अवस्था उत्पन्न भएपछि अध्यक्ष प्रचण्डले सहयोग
उपलव्ध गराउनुभएको हो । त्यसका लागि गंगा दाहाल र जीवन आचार्य सहजिकण गरेको भन्दै सांसद मोदीले आभार व्यक्त गर्नुभएको छ ।

बिहिबार, २५ बैशाख, २०७७, साँझको ०६:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर