विराटनगर । मोरङको कानेपोखरीका एक युवाको बिहीबार बेलबारीमा शव फेला परेको छ ।
कानेपोखरी गाँउपालिका १ होक्लाबारीका १८ वर्षीय आयुष गिरीको शव बिहीबार विहान बेलबारी ७ को नहरको डिलमा भेटिएको हो ।
शव पोष्मार्टमका लागि उर्लावारी स्थित मंगलबारे अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । गिरीको शरीरका विभिन्न अंगमा चोटपटक देखिएकोले हत्या भएको स्थानीयले बताएका छन् ।
प्रहरीले भने पोेष्टमार्टम रिर्पोट नआएसम्म केही बोल्नसक्ने अवस्था नरहेको बताएको छ ।