सङ्क्रामक रोग ऐन परिमार्जनबारे छलफल

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सङ्क्रामक रोग ऐन, २०२० मा गरिनुपर्ने परिमार्जनका विषयवस्तुसहित तत्कालीन र दीर्घकालीन रुपमा कार्यान्वयनका लागि सरकारलाई दिनुपर्ने सुझावका बारेमा छलफल गरेको छ ।

समितिको आजको बैठकले उक्त ऐनमा गरिनुपर्ने परिमार्जनका विषयवस्तुसहित छलफलबाट प्राप्त निष्कर्षका आधारमा तत्कालीन र दीर्घकालीन रुपमा कार्यान्वयन गर्न सरकारलाई दिनुपर्ने सुझाव तथा निर्देशनका लागि मस्यौदा तयार गर्ने निर्णय गरेको छ ।

मस्यौदाका लागि संविधानसभा सदस्य खिमलाल देवकोटा र सङ्घीय संसद् सचिवालयका सहसचिव ९कानून० अर्जुनकुमार खड्कालाई सहजीकरण गर्न जिम्मा दिने तथा सो मस्यौदामाथि अर्को बैठकमा छलफल गरी अन्तिम रुप दिने बैठकको निर्णय छ ।

समिति सभापति परशुराम मेघी गुरुङको सभापतित्वमा भएको बैठक विद्यमान कोभिड–१९ को विश्वव्यापी महामारीका सन्दर्भमा सङ्क्रामक रोग ऐन, २०२० को कार्यान्वयन माापन एवं मूल्याङ्कनका सम्बन्धमा सामाजिक दूरी कायम गरी सम्पन्न भएको थियो । बैठकमा समितिका सदस्यहरु, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी, संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ताद्वय खिमलाल देवकोटा र रमेश लेखक, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँल लगायतको उपस्थिति थियो ।

मङ्गलबार, १६ बैशाख, २०७७, साँझको ०५:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर