राहतको विवादमा वडा सदस्यमाथि हातपात

विराटनगर । राहत वितरणमा अनियमितता गरेको भन्दै विराटनगर महानगरपालिका वडा नं. ६ का वडा सदस्यमाथि हातपात भएको छ ।

बिहीबार राति विराटनगर ६ की वडासदस्य सुशीला पासवानमाथि स्थानीयको एक समूहले हातपात गरेको हो ।

राहत वितरणमा अनियमितता गरेको भन्दै स्थानीयले पासवानमाथि हातपात गरेका हुन् । हातपात गर्ने स्थानीय ४० वर्षीय रामनारायण पासवान, ४२ वर्षीय ललिता पासवान र ४३ वर्षीय तुलसीदेवी पासवान रहेको मोरङ्ग प्रहरीले जनाएको छ ।

उनीहरुलाई राति नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङ्गका डि.एस.पी मानबहादुर राईले जानकारी दिनुभयो । विराटनगर ६ महानगरको तथ्यांक अनुसार कायम रहेका घरधुरीभन्दा बढिलाई राहत वितरण गरिएको छ । तर, पनि राहत वितरणको विषयमा विवाद देखिएको छ ।

शुक्रबार, २८ चैत, २०७६, दिउँसोको ०२:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर