कोशी अस्पतालमा राखिएको ल्याब काठमाडौंपछिको ठूलो क्षमताको होः मुख्यमन्त्री
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा कोरोना भाईरसका शंकास्पद विरामीको नमूना परीक्षणको अन्तिम तयारी भएको छ ।
विराटनगरबाट कोरोना परीक्षणका लागि आवस्यक तयारी सकिएको र आज साँझबाट परीक्षण सुरु गरिने कोशी अस्पतालकी मेडिकल सुररिटेन्डेन्ट डा.संगिता मिश्रले जानकारी दिनुभयो ।
कोरोना परीक्षणका लागि आवश्यक उपकरणहरु र केमिकलहरु बिहीबार हेलिकप्टरबाट विराटनगर ल्याइएको थियो । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले साँझदेखि परीक्षण शुरु गरिने तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज साँझदेखि परीक्षण शुरु गर्ने तयारी छ, संभव नभए भोलि विहानदेखि शुरु गर्छौ ।’
विराटनगरबाट गरिने कोरोना परीक्षणका लागि पहिलो चरणमा ६ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकल ल्याईएको वीर अस्पताल काठमाडौंका जेनेटिक साईन्टीस् तथा कोरोना परिक्षण विज्ञ समूहका बलराम गौतमले बताउनुभयो । ल्याबको तयारीबारे शुक्रबार प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार निरिक्षण गर्नुभएको छ ।
कोरोना भाईरसको कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण शुरु गर्नुपूर्व मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले ल्यावको निरिक्षण गर्नुभएको हो । ल्यावको निरिक्षण गर्दै मुख्यमन्त्री राईले कोशी अस्पतालमा राखिएको ल्याब काठमाडौंपछिको ठूलो क्षमताको भएको बताउनुभयो ।
विराटनगरको ल्यावबाट दैनिक बढीमा २ सय सम्मको नमूना संकलन गर्न सकिने मुख्यमन्त्री राईले बताउनुभयो । कोरोनाको भयको स्थिति भएकाले ढुक्क हुन पनि अधिकतम परिक्षणमा जानुपर्ने उहाँको भनाइ छ । कोरोना परिक्षणलाई उच्च प्राथमिकतामा राखेर मेसिनहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
यसैबीच क्वारेन्टाईनमा बसेकाहरुको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी)का लागि शुक्रबारदेखि प्रदेश १ का ४ स्थानमा टोली खटिएको छ । मोरङको टाँडी, झापाको मेचीनगर र भद्रपुर, सुनसरीको धरान र उदयपुरको बेलश्रोत क्वारेन्टाईनमा बसेकाको आरडिटीका लागि टोली प्रस्थान गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।
शनिारसम्म प्रदेश १ का १४ वटै जिल्लामा रहेका क्वारेन्टाईनमा वसेकाको टेष्टका लागि आवश्यक सामान किट र पीपीई पठाईसकिने मन्त्री घिमिरेले जानकारी दिनुभयो ।