सरकारको अभियानलाई सहयोग गर्न मुख्यमन्त्रीको आग्रह

विराटनगर । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक संघ संस्थाहरुले गरिरहेको राहात वितरणलाई व्यवस्थित गर्ने सरकारको अभियानलाई सहयोग गर्न राजनीतिक दलहलाई आग्रह गर्नुभएको छ ।

बुधबार राजनीतिक दलको संयन्त्रले तयार पारेको अनुगमनको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले राजनीतिक दलले आफ्नो संयत्र मार्फत स्थानीय तहसम्म सहजीकरण गर्दा राहत वितरणमा सहयोग पुग्ने बताउनुभयो ।

नेपाल सरकारको निर्देशिका अनुसार स्थानीय तहले संयत्र बनाएर एकद्वारबाट राहत वितरण गर्नुपर्ने भएपनि विभिन्न समाजिक संघ संस्थाले वितरण गर्नेक्रम नरोकिएपछि मुख्यमन्त्री राईले दलहरुलाई सो आग्रह गर्नुभएको हो ।

कोरोना भाइसरको सक्रमण हुन नदिन सरकारले गरेको लकडाउनले विपन्न तथा दैनिक ज्यालादारी मजदुरलाई परेको समस्या समाधानका लागि सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको र त्यसैलाई व्यवस्थित बनाउन दलहरुको पनि सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । कोरोना महामारी विरुद्धको अभियान सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक एकजुट भएर अगाडि बढेमात्र सफल हुने बताउँदै संकटका वेला सबै एक हुनुपर्ने बताउनु भयो ।

राजनीतिक दलका नेताहरुले कोरोनाको संक्रमण रोकथामका लागि प्रदेश सरकारले गरेका कार्यहरु सकारात्मक रहेको भन्दै अझै यसलाई प्रभावकारी ढंगले सञ्चालनु गर्नुपर्ने बताउनुभयो ।

बिहिबार, २७ चैत, २०७६, साँझको ०६:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर