७६ दिने लकडाउनपछिको बुहान

एजेन्सी । कोरोना भाइरस संक्रमणको उद्गम थलो मानिएको चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा ७६ दिनपछि लकडाउन हटेको छ ।

मंगलबार लकडाउन हटाइएसँगै यातायातका सबै साधन पुनः सञ्चालनमा आएका छन् भने बजार खुलेको छ ।

यातायात र बजार खुले पनि विद्यालय तथा प्रान्तीय कलेजको नयाँ सेमेस्टरका कक्षा भने स्थगित नै रहेको चाईना डेलीले जनाएको छ । मंगलबार चीनमा कोरोना भाइरसका कारण कसैको पनि मृत्यु नभएपछि बुहानको लकडाउन हटाइएको हो ।

लकडाउन खुलेसँगै सीमित हवाइ सेवा हुँदा पनि बुधवार १० हजार यात्रु लिएर दुई सय विमान उहान सहरबाट अन्यत्र जाने यात्रा तय गरेक छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमले देखाएका भिडिओअनुसार सय वटा जति उच्च गतिका रेल विभिन्न स्थानमा प्रस्थान गरेका छन् ।

लकडाउन हटेसँगै अब स्मार्टफोनमा व्यापकरुपमा प्रयोग हुने स्वास्थ्य एपमा हरियो कोड भएकाहरू जनवरी २३ यता पहिलोपटक वुहान शहर बाहिर जान पाउनेछन्। कोरोना भाइरसको संक्रमण सुरु भएपछि १ करोड १० लाख मानिसको बसोबास रहेको वुहानमा संक्रमण रोकथामका लागि यसअघि कहिल्यै नलगाइएका प्रतिबन्धहरू लगाइएको थियो।

गत महिनामा साताभरमा कोरोना भाइरसका नयाँ संक्रमित नभेटिएपछि त्यहाँका किनमेल केन्द्रहरू खोलिएको थियो भने संक्रमण नभएका आवासिय क्षेत्रका केही मानिसहरूलाई दुई घण्टाका लागि बाहिर जाने अनुमति दिइएको थियो। बुधबारबाट अनुमति प्रदान गरिएका बासिन्दाले सार्वजनिक यातायात प्रयोग गर्न पाउनेछन्।

यसका लागि उनीहरूले क्यूआर कोड स्क्यान गर्नुपर्नेछ। उनीहरूको स्वास्थ्यसँग सम्बन्धित हुने ती क्यू आर कोड मानिसपिच्छे फरक हुनेछ। सो कोड हरियो देखिएकाहरूलाई आवागमनमा कुनै रोक हुनेछैन।

राजधानी बेइजिङ्गमा सोमबार कोरोना भाइरसका ४५ जना नयाँ संक्रमित भेटिएपछि त्यहाँका अधिकारीहरूले नयाँ कडा नियमहरूको घोषणा गरेका छन्। घोषणा अनुसार शहर प्रवेश गर्ने जोकोही क्वारेन्टाइनमा बस्नुपर्नेछ र स्वास्थ्य जाँच गराउनुपर्नेछ।

बुधबार, २६ चैत, २०७६, बिहानको ११:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर