विराटनगर । विराटनगरको सामाजिक संस्था मानव सहयोगी हातले ३ सय ३२ घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ ।

संस्थाले सोमबार कटहरी वडा नं. २, ३, ४ र ५ मा बसोबास गर्दै आएका गरिब, विपन्न, असहाय, अपाङ्ग तथा एकल वर्गका परिवारलाई खाद्यान्न वितरण गरेको हो । क्षेत्र नं. ४ बाट निर्वाचित संघीय सांंसद अमनलाल मोदीको बिशेष पहल तथा समाजसेवी देवकिशन मुण्डदाको सहयोगमा खाद्यान्न वितरण गरिएको संस्थाका सचिव ताजिम अन्सारीले बताउनुभयो । उहाँले प्रत्येक परिवारलाई ५ केजी चामल, १ केजी नुन, १ केजी दाल १ लिटर तेल, २ केजी बन्दा गोभी, २ केजी फुल कोभी र १ केजी टमाटर वितरण गरिएको जानकारी दिनुभयो ।

खाद्यान्न वितरणमा भने दिपेश कामत, जयप्रकाश यादव र सबिन यादव,लगायतका युवा समाजसेवीहरुले सहजीकरण गरेका थिए ।