व्यवसायीद्वारा राहत वितरण

विराटनगर । कोरोना भाइरसको संक्रमणसँगै सरकारले लकडाउन गरेपछि भोकै परेका विराटनगरका सुकुम्बासी र दैनिक रोजगारी गरेर जीविकोपार्जन गर्ने मजदूरलाई व्यवसायीले राहत वितरण गरेका छन् ।

प्रबल मेडिकल हलका संचालक सत्यम नेपाली, आकृति ड्रग हाउसका संचालक महेश मंडल र गुद्री बजार व्यवसायी संघका अध्यक्ष पशुपति भगतले विराटनगर ११ बसपार्क पछाडि रहेका ज्ञ१सय ५० घर सुकुम्बासी र मजदूरलाई राहत वितरण गरेका हुन् ।

उनीहरुलाई चामल, दाल, तरकारी, नुन, सावुन जस्ता खाद्यवस्तुहरुवितरण गरेको प्रबल मेडिकल हलका संचालक नेपालीले जानकारी दिनुभयो।कोरोना भाइरसको संक्रमण फैलिएसँगै सरकारले लकडाउन गरेपछि मजदूरहरुले काम गर्न पाएका छैनन् ।

निक रोजगारी गरेर छाकटार्ने मजदूहरुलाई भोकै बस्नु पर्ने अवस्था साथै भोकमरी नलागोस् भनेर राहत वितरण गरेको व्यवसायीको भनाइ छ । उनीहरुले जस्ले सक्छ सक्ने जतिले आफ्नो ठाँउबाट सहयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।

देशमा संकट परेको बेलामा कोही पनि भोकै नमरुन भन्ने उद्देश्यले सहयोग गरेको उनीहरु बताउँछन्।

सोमबार, १७ चैत, २०७६, बिहानको ०८:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर