विराटनगर। मोरङको बेलबारी नगरपालिका २ स्थित लोहन्द्रा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । खोलामा पौडी खेल्न गएका बेलबारी २ शान्तिटोलका २२ वर्षका मित्र याख्याको डुबेर मृत्यु भएको हो ।
दिउँसो ३ बजेको समयमा याख्या खोलामा गएको र केही समयपछि पानीमा डुबेर अचेत अवस्थामा आफन्तले भेटाएको प्रहरीले जनाएको छ । उपचारका लागि मंगलबारे अस्पताल उर्लाबारी लगिएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
लोहन्द्रामा डुबेर मृत्यु




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।