‘यो चोरनी हो । चमेली चोरनी हो ।’ यो आवाज स्पष्ट कानमा गुन्जिरह्यो । चमेलीको मन मस्तिष्कमा चोरनी शब्दको झंकारले झस्काउँथ्यो । टोलाएर बसेकी चमेली बेला–बेलामा झस्किन्छे । ऊ सात वर्षकी हुँदा उसको बाबुको मृत्यु भयो । विधवा आमाले सातजना छोराछोरी पाल्नुभन्दा रने काइँलासंँग भाग्न उचित ठानिन् । हजुरआमा आफैं समस्याको पेटारो थिइन् । अभागीको पाइला पाइलामा गरिबी र अभावको ठेला थियो । समस्या बनेका भुराभुरीलाई छानीछानी आफन्तले घरमा काम गर्न लगे । चमेली सबैभन्दा सानी कसैको छनोटमा परिन । बुढी हजुरआमासँगै बसी ।
क्यालेण्डरमा पानाहरू थपिंदै गए । चमेली १५ वर्षकी भई । ऊ गाँउको सरकारी विद्यालयमा पढ्न जान्थी । जगन्नाथ नेपाललाई सबैले जगन्नाथ मास्टर भन्थे । जगन्नाथ मास्टरकी श्रीमती सीताले चमेलीलाई धेरै मायाँ गर्थिन् । घरको धन्दा सकेपछि चमेली सीताको घरको काम गर्न जान्थी । प्रवेशिका परीक्षापछि ३÷४ महिना स्कूल विदा थियो । दिउँसो फुर्सद भएकाले सीताले चमेलीलाई दाजु हरिशको घरको काममा लगाईदिएकी थिइन् । हरिश गा.वि.स. सचिव थिए ।
सीता दिउँसो घरैमा बस्थी । चमेलीलाई एक्लै घर बस्न मन लाग्दैनथ्यो । ऊ सीतासंँग दिनभरि घरमा व्यस्त हुन्थी । आज दिउँसो सीता र चमेली हाट भर्न जाने भएकाले ११ बजे हरिशको घरमा काम गर्न भनेर गई । हरिशको घरमा उसको सालो आएका रहेछन् । चमेली भान्सा कोठामा पसेर आफ्नो काम गर्नथाली । भाँडा पखाल्न थालेकी चमेलीलाई सालाले पछाडि बाट आएर हातपात गर्न थालेपछि ऊ चिच्याई । उसले चमेलीको मुख थुनेर जबरजस्ती तान्नथाल्यो । तानातान हुँदा भाँडा यत्रतत्र छरियो । चमेली चिच्याएको र भान्साकोठामा आवाज आएको सुनेर हरिशकी पत्नी पम्फा दौडेर आइन् । भान्साको दृश्य देखेपछि पम्फाले भाईलाई तानेर अर्को कोठामा लगिन् । केही समयपश्चात भान्सा कोठामा आएर चमेलीसंँग माफ मागिन् । चमेलीको शरीरको कपडा च्यात्तिएको थियो । शरीरमा चोटैचोट लागेको थियो । पम्फाले चमेलीलाई आफ्नो कुर्था सुरूवाल फेर्न लगाइन् । मायालु व्यवहार गरेर भाइले गरेको कर्तुत कसैलाई नभन्न अनुरोध गरिन् । चमेलीले स्वीकृतिमा टाउको हल्लाई । पम्फाले काम सकेर घर जाने बेलामा चमेलीलाई एकजोर झुम्का र हार दिइन् । चमेलीले लिन मानिन । ‘किनुवाहार हो अस्ति माइतबाट आउँदा ल्याएकी थिएँ । तेरो लागि ल्याएकी भनेर’ फकाएर दिइन् । घरमा लगेर राख्नु कहिलेकाहीं लगाउनु, कसैलाई मैले दिएको नभन्नु भनिन् । चमेली हुन्छ भनेर घर जान हिँडी ।
सीता चमेलीआउने बाटो हेरेर बसेकी थिइन् । चमेली सीतालाई नहेरी घरतिर जानलागेको देखेर बाटोमा रोकेर बोलाइन् । चमेली तैपनि नबोली जान लागेको देखेर अगाडि आएर हात समाइन् । एकोहोरो हिँंडिरहेकी चमेली सीताको स्पर्शले झस्की । चमेलीले सीतालाई देखेकै थिइन । सीता छक्क परिन् । ‘यो चमेलीलाई के भयो ? ‘हातमा समातेर ल्याइन् । फकाएर सोधिन् । ‘चमेली, तँलाई के भयो ? किन यसरी डराएकी मलाई भन ।’ सीताले धेरै समयसम्म सोधखोज गरेपछि चमेलीले सबै कुरा सविस्तार भनेर हार र झुम्का सीताको हातमा राखीदिई । सीता छक्क परिन् । यो झुम्का र हार त भाउजूको बिहेको हो । सीताले मनमनै सोचिन् । आफ्नो बिहेको गहना चमेलीलाई दिएर उनले के गर्न खोजेकी हुन् । चमेलीलाई केही नभनी सीताले उस्तै लाग्ने नक्कली झुम्का र हार निकालेर चमेलीलाई दिइन् । उसले दिएको झुम्का र हार आपूmसंँग राखिन । दुवै हार उस्तै थियो । चमेलीलाई गहना साटेको थाहै भएन । चमेली घर जान्छु भनेर हिंडेपछि सीताले जगन्नाथ मास्टर र सचिव हरिशलाई आपूm विरामी भएकोले छिटो आउनु भनेर फोन गरिन् । दुबैजना हस्याङफस्याङ गर्दै आए । घरमा आएपछि सीतालाई केही नभएको देखेर छक्क परे । ‘किन ढाँटेर फोन गरेको ?’ सोधेपछि सीताले सबै कुरा भनेर पम्फाले चमेलीलाई आफ्नो कपडा फेराएर गहना दिएको भनिन् हरिश छक्क परे । आपूmले विहेमा लगेको झुम्का र हार त्यही थियो । जगन्नाथले हरिशलाई झुम्का र हार दिए । हरिशले अहिले यो गहना यहीँ राख्नु म सबै कुरा बुभ्mछु । उनीहरूले पम्फालाई केही नभन्ने निर्णय गरे । सीताले चियाखाजा बनाएर ख्वाइन् । दिनभरि सीताको घरमा बसेर साँझमा हरिश घर गए ।
चमेलीले घरमा आएर झुम्का र हार बट्टामा राखी । हजुरआमा बारीमा मकै भाँच्दै थिइन् । चमेली लुगाहरू मैलो भएकोले मैलो लुगा भेला पारेर लुगाधुने सावुन खोज्दै थिइ । आँगनमा हल्ला सुनियो । ‘चमेली बाहिर निस्की’ भनेर मानिसहरू कराइरहेका थिए । आँगनमा मान्छेको भिडमा पम्फा पनि थिई । चमेली चोरनी हो । सबैले एक स्वरमा कराइरहेका थिए । पम्फाको साथमा चौकीको पुलिस पनि थियो । ‘चमेलीलाई गहना कहाँ छ ?’ निकाल भनेपछि चमेलीले बट्टा देखाईदिई । वट्टाबाट झुम्का र हार त भेटियो । पम्फाले दिएको झुम्का र हार त भेटिएन । चमेलीलाई जति सोधे पनि अरू गहना त थिएन । अन्तमा चोरनीको उपनाम जोडेर उसलाई पक्रेर चौकीमा लगे । चमेलीले केही सोच्न सकिन । उसको वरिपरि अँंध्यारो भएर आयो । चमेलीले पम्फाको गहना चोरेको, पुलिसले पक्रेर लगेको खबर गाउँमा आगोसरी फैलियो ।
यो कुरा साँझझमक्क परेपछि सीताले थाहा पाइन् । उनलाई छाँगाबाट खसेको अनुभूति भयो । जगन्नाथ मास्टरले हरिशलाई फोन गरेर बोलाएपछि दुबै जनागई चमेली चोरनी हैन भनेर छुटाएर ल्याए । पम्फाको चाल हरिशले बुझिसकेका थिए । एउटी निर्दोष गरिब केटीलाई चोरनीको आरोप लगाएर पम्फाले ठूलो गल्ती गरेकी थिइन् । तर, पम्फालाई पछुतो थिएन । हरिशलाई घर जाने इच्छा थिएन । सीताले सबै कुरा बुझेकी थिइन् । उनले हरिशलाई सम्झाएर घर पठाउन जगन्नाथसंँग आग्रह गरिन् । पम्फाको बिहेको झुम्का र हार हरिशको हातमा राखिदिइन् । उनले केही समय उक्त गहनालाई हेरिरहे अनि गहना सीतालाई फिर्ता दिंदै भने– ‘यो गहनाले मलाई पोल्छ । यो गहनाको बिल म भोलि ल्याईदिउँला बेचेर चमेलीका लागि केही गर्नु’ भनेर उनी जुरूक्क उठेर हिँडे ।
रातको १० बजे हरिश घर पुगे । पम्फा हरिशलाई पर्खेर बसेकी थिइन् । खाना नखाई हरिश ओछ्यानमा गएकाले पम्फाले खाना खान बोलाइन् । हरिशले म खाना खाएर आएको भनेपछि पम्फा भान्साबाट सुत्ने कोठामा आइन् । ‘आज दिउँसो घरमा एउटा घटना भयो, तपाईलाई फोन गरें, उठाउनु भएन । पम्फा एकोहोरो बोलीरही । हरिश चुपचाप सुनिरहेका थिए । ‘चमेलीले हाम्रो बिहेको गहना चोरेर लगिछे, मैले पनि चौकीमा थुनाएर आएकी छु । त्यस चोरनीलाई त म जेल पठाउँछु ।’ हरिशलाई सुनिनसक्नु भयो, रिंगटा लागेर आयो । उनी जुरूक्क उठेर जंगिए –‘तेरो भाइ कहाँ छ ?’ पम्फा छक्क परी । ‘तपाईलाई मेरो भाई किन चाहियो ? सुतिसक्यो बिचरा त्यसलाई किन गाली गर्नु हुन्छ ।’
‘पम्फा, तेरो भाइ र तैंले चमेलीसंँग गरेको व्यवहार गलत छ ।’
‘तपाईलाई केही थाहा छैन त्यसले चौकीमा आपूmलाई बचाउन मेरो भाइलाई आरोप लगाई । म त्यो चोरनीलाई छाड्दिन ।’
पम्फा तेरो भाइले चमेलीलाई हातपात गर्दा म घरमा आई पुगेको थिएंँ । मलाई सबै सांँचो कुरा थाहा छ । तैले आफ्नो लुगा चमेलीलाई दिएको मैले आफैंले देखेको छु । तँ अझ झुट बोल्छेस् । आफ्नो पाप लुकाउन चमेलीलाई चोर दोस लगाइस् । म तेरो भाइलाई भोलि चौकीमा बुझाउन सक्छु । चमेलीको च्यात्तिएको कपडा यही मेरो कोठामा छ । तँ कति पाप गर्छेस् ? अब त साँचो बोल, पम्फा, मैले कुन जन्ममा के पाप गरेको रहेछु भगवान् ! यस्ती कलङ्किनीको लोग्ने हुनुप¥यो ।’
हरिशको कुरा सुनेर पम्फाको हंशले ठाउँ छोड्यो । पम्फालाई अनाहक चमेलीलाई दोष लगाएको महसुस भयो । पम्फाले केही सोच्न सकिन, निरूत्तर भई । हरिश जुरूक्क उठ्यो र अर्को कोठामा गएर सुत्यो । पम्फाको आँखाबाट निद्रा गायब भइसकेको थियो । गहना पनि छैन, अब के गर्ने हरिशले गहना दिएको कुरा गरेन । सायद गहना दिनुभन्दा अगाडि गएको हो वा गहना कसले साट्यो त ? चमेलीलाई अरू दोष लगाउन असम्भव थियो । सोध्ने हिम्मत पनि भएन ।
यो घटनाको सात दिनपछि प्रवेशिका परीक्षाको नतिजा प्रकाशित भयो । चमेली प्रथम श्रेणीमा उत्तीर्ण भई । सीता र जगन्नाथ धेरै खुसी भए । चमेलीलाई उच्च शिक्षाका लागि सहयोग गर्ने विश्वास दिलाए । हरिशले चमेलीलाई ११÷१२ पढ्ने खर्च व्यहोर्ने तर कसैलाई जानकारी नदिने भनेपछि चमेलीको आँखामा हर्षका आँसु टल्पलाए । सीता जगन्नाथका सन्तान थिएनन् । चमेलीको सफलतामा खुसी हुने सीता जगन्नाथको सपना चमेलीले पूरा गरिदिई ।
लोकसेवा आयोगबाट राजपत्रांकित अधिकृतको परीक्षा पास गरेर नियुक्ति लिएर जिल्ला प्रशासन कार्यालयमा हाजिर हुनुभन्दा पहिले चमेली सीता, जगन्नाथ र हरिशको आशीर्वाद लिनगई ।
विराटनगर