लोड हुँदैछ...

मेनु

प्रेमिकाको हत्या गरी खोलामा शव फाल्ने युवक पक्राउ

प्रेमिकाको हत्या गरी खोलामा शव फाल्ने युवक पक्राउ

विराटनगर । झापाको दमकस्थित रतुवा खोलाको पुलमुनि बोराभित्र शव फेला परेकी रमा तिवारीको हत्या उनकै प्रेमीले गरेको खुलेको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

दुई दिनअघि रतुवा खोलाको पुलमुनि बोरामा हालिएको अवस्थामा रमाको शव फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका युवक र मृतक रमाबीच प्रेम सम्बन्ध रहेको खुलेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका युवक लागूऔषध प्रयोगकर्ता हुन् र दमकस्थित एक सुधार केन्द्रमा बस्दै आएका थिए। उनी जेठ १३ गते सुधार केन्द्रबाट बाहिर निस्किएपछि रमा तिवारीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिको नाम तथा पहिचान भने हालसम्म सार्वजनिक गरिएको छैन।

हत्या कसरी गरिएको हो, शव रतुवा खोलासम्म कसरी पुर्‍याइयो तथा घटनामा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।