विराटनगर । विश्वभरी फैलिएको कोरोना भाइसको संक्रमणबाट जोगिन विराटनगर–३ स्थित पोखरीया माविमा बुधबार अभिभावहरूलाई कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतनामुलक कार्यक्रम दिइएको हो ।
स्कूलका अध्ययरत विद्यार्थीहरूका अभिभावकहरूलाई बोलाएर पोखरीया स्कूलमा स्वास्थ्य सचेतना कार्यक्रम गरिएको स्कूलका प्रधानध्यापक खेम भट्टराईले जानकारी दिनुभयो ।
विद्यार्थीहरूले स्वास्थ्य सचेतना गराएपछि अभिभावकहरूलाई पनि गराएको हो । अभिभावक र विद्यार्थीहरूलाई स्वास्थ्य सचेतना नर्स प्रतिभा बजगाईँ गराउँदै आउनुभएको छ । कोरोना भाइसको संक्रमणबाट कसरी जोगिने भन्ने बारेमा अभिभावक र विद्यार्थीहरूलाई जानकारी दिएको स्कूलले जनाएको छ ।
प्रदेश सरकारले एक स्कूल एक नर्स कार्यक्रम संचालन गरेपछि गत वर्षको चैत १ गतेदेखि पोखरीया स्कूलका विद्यार्थीहरूको नर्स बजगाईले स्वास्थ्य जाँच गर्दै आउनुभएको छ ।