उदयपुर । उदयपुरमा नेपाली कांग्रेस छाडेर ठूलो समूह नेकपा प्रवेश गरेको छ । जिल्लाको बेलका नगरपालिकास्थित नगर कमिटीको आयोजनामा १५० भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसबाट नेकपामा पार्टी प्रवेश गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति अध्यक्ष विनोद कटुवाल ‘दिवस’ का अनुसार कांग्रेस वडा सभापतिसहित स्थानीय नेता कार्यकर्ता बुद्धिजीवी नेकपामा प्रवेश गरेका हुन् । बेलका नगरपालिका ३ कालीखोलामा आयोजित एक समारोहबीच पार्टी प्रवेश गराइएको नेकपा बेलका नगरसमिति अध्यक्ष मनोज तामाङले बताउनुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज बलदेव चौधरी, जिल्ला अध्यक्ष विनोद कटुवाल, सचिव ईश्वरमणि राउत, प्रदेश सदस्य मणि पौडेल, राजन किराती, द्रोण पौडेल, बेलका नगरप्रमुख दुर्गाकुमार थापालगायतको उपस्थिति रहेको थियो ।