समाजसेवाको लागि फुटबल

धरान । करिब पाँच वर्षअघि स्थापना भएको एफसी गोर्खा भेट्रान युकेले सुनसरीको धरानमा फुटबल खेलेर समाजसेवा गर्ने भएको छ ।

क्लबका सदस्यहरु विभिन्न ठाउँमा च्यारिटी कार्यक्रममार्फत सहयोग जुटाउँदै धरान आइपुगेका छन् ।

शनिबार धरान १६ स्थित रंगशालामा गोर्खा भेट्रान युके र धरान भेट्रान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल भएको छ । टोलीमा गोर्खा भेट्रानका १६ जना टोली धरान आएका छन् ।

धरान भेट्रान फुटबल क्लबबाट धरानका मेयर तिलक राई, पुर्वराष्ट्रिय खेलाडी तथा एन्फा प्रदेश १ अध्यक्ष किसोर राई, रोमी मोक्तान, अर्जुन राई, सतिस केसीलगायत मैदानमा उत्रने छन् ।

यसअघि ताप्लेजुङ रनमा युकेबाट संकलन भएको २ लाख ५५ हजार रकमसहित ३ लाख ५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको गोर्खा भेट्रान युके टिमका सदस्य लोक चेम्जोङले जानकारी दिनुभयो । क्लबका मेनेजर बृद्धकुमार सुनुवारका अनुसार ६ मार्चमा ताप्लेजुङ रनमा च्यारिटी रन आयोजना भएको थियो भने ९ मार्चमा इलाममा माइभ्याली भेट्रानसँग मैत्रीपुर्ण फुटबल खेल आयोजना भएको थियो ।

धरानमा संकलन भएको रकम पूर्वाञ्चल बहिरा विद्यालय र सुस्त मनस्थिति बाल कल्याण विद्यालयलाई सहयोग गर्ने आयोजकले जनाएको छ । बेलायतमा १÷२ पाउण्ड गर्दै सहयोग उठाएको गोर्खा भेट्रान युके टिमका छवि लिम्बुले यसअघि काठमाण्डौंमा सिआरसि (चाइल्ड रेस्कु सेन्टर)लाई पनि सहयोग गरिएको जानकारी दिनुभयो ।

शनिबार, ०१ चैत, २०७६, दिउँसोको ०१:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर