विराटनगर । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व सम्पन्न भएको छ ।
कोरोना भाइरसका कारण विगत वर्षहरुमा जस्तो होलि उल्लासपूर्ण भने हुन सकेन । बजारमा फाट्ट फुट्ट होली खेल्नेहरु देखिएपनि विगतमा जस्तो हुलका हुल होली खेल्नेहरु देखिएनन् । विराटनगरमा पनि यसको असर प्रत्यक्ष परेको छ । सामूहिक रुपमा भन्दा आफ्नो परिवारमा सीमित भएको यस वर्षको होली मानिसहरुले घरघरमा मात्रै मनाइरहेका छन् ।
केही तस्बिरहरु