बिराटनगर । मोरङ र झापाका २ स्थानबाट १६ ग्राम २५ मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् ।
आईतवार साँझ लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बेलवारी नगरपालिका ८ का २९ बर्षीय कमान सिंह राईलाई १५ ग्राम खैरो हेरोईन ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
भारतीय बजार जोगवनीबाट नेपालतर्फ आउँदै गरेका राईलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट १५ ग्राम ब्राउनसुगर बरामद भएको थियो । यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ७ का ३४ बर्षीय सुरेश खतिवडा र मेचीनगर नगरपालिका १३ का २२ बर्षीय बिष्णु गिरीलाई १ ग्राम २५ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
नियन्त्रीत लागूऔषधसहित पक्राउ परेका ३ नै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।