लोड हुँदैछ...

मेनु

रङ्गारङ्ग होली कार्यक्रम

रङ्गारङ्ग होली कार्यक्रम

विराटनगर । नेपाल सोनार समाज समिति विराटनगरले होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

मोरङको कटहरीमा रहेको गोपल फनपार्कमा शनिबार आयोजित कार्यक्रममा सिरहा, सप्तरी, सुनसरी र मोरङका सोनार समुदायका विशिष्ट व्यक्तिहरुको उपस्थित रहेको थियो ।

रङ्गारङ्ग होली कार्यक्रममा सोनार समुदायका बालबालिकाहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेको कार्यक्रम संयोजक दिपेन्द्र सोनारले जानकारी दिनुभयो । कार्यक्रममा सोनार समुदायबीच मेलमिलापका साथै शुभकामना आदानप्रदान गरी दोस्रो पटक रङ्गारङ्ग होली मनाएको नेपाल सोनार समाज समितिका अध्यक्ष महेश सोनारले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री तथा संघीय संसाद शिवकुमार मण्डल, उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वास, नेपाल वैश्य युवा संघका केन्द्रीय अध्यक्ष दिलिपचन्द साह, आजीवन सदस्य दिपेन्द्र साह, गणेशकुमार साह, सल्लाहकार राजेश गुप्ता, सचिब प्रेमनाथ गुप्ता, पंकज बर्मा, गणेश कर्णलगायतले होलीको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।