सेन्ट्रल मलमा १ रुपैयाँमा सिनेमा

विराटनगर, १९ फागुन । विराटनगरको सेन्ट्रल मलले आफ्नो वार्षिकोत्सवका अवसर पारेर आफ्नो सिनेमाघर सेन्ट्रल मल्टिप्लेक्समा १ रुपैयाँमा सिनेमा देखाउने भएको छ ।

मलमा रहेका दुबै मल्टिप्लेक्समा दर्शकले १ रुपैयाँको टिकट काटेर मंगलबारका ३ वटै सो हेर्न पाउनेछन् ।

मलको मल्टिप्लेक्समा दर्शकले सप्ताहान्तमा २ सय ५० रुपैयाँको र आइतबारदेखि शुक्रबारसम्म ६ दिन २ सय ५० को टिकट काटेर सिनेमा हेरिरहेका छन् । मलको एउटा मल्टिप्लेक्समा २ सय ३० र अर्कोमा २ सय ३४ दर्शक अटाउन सक्छन् ।

विराटनगरको उद्योगी व्यवसायीको समूह विशाल ग्रुप र मुन्दडा समूहको संयुक्त साझेदारीमा सञ्चालन भएको सेन्ट्रल मलमा अहिले १ सय ८ वटा पसल सञ्चालनमा छन् । मल सञ्चालनमा आएको अवसरमा सेन्ट्रल बजारको ग्रोसरीमा ५ प्रतिशत, गार्मेन्टमा २५ प्रतिशत र इलेक्ट्रोनिक सामग्रीमा २० प्रतिशत छुट दिने मलका सिइओ मानसराज जोशीले जानकारी दिनुभयो ।

बालबालिकाको गेमिङ जोनमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । मलको सेन्ट्रल बजारले दैनिक ३० लाखभन्दा बढीको कारोबार गर्दै आएको जनाएको छ ।

सोमबार, १९ फागुन, २०७६, रातीको ०८:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर